शाओमीले ३०वाट वायरलेस चार्ज टर्बो घोषणा गर्यो, एमआई ९ प्रो फाइभजी स्मार्टफोनमा प्रयोग हुने

Technology Khabar २३ भाद्र २०७६, सोमबार

शाओमीले ३०वाट वायरलेस चार्ज टर्बो घोषणा गर्यो, एमआई ९ प्रो फाइभजी स्मार्टफोनमा प्रयोग हुने

काठमाडौं ।

काठमाडौं । शाओमीले आफ्नो स्मार्टफोन आविश्कारहरु प्रदर्शन गरेको छ ।यसै सन्दर्भमा कम्पनीले एमआई चार्ज टर्बो टेक पनि प्रदर्शन गरेको छ ।

चीनमा आयोजित सो इभेन्टमा यो वायरलेस चार्जिंग स्ट्याण्डर्डले ३० वाट स्पीड स्मार्टफोनमा सपोर्ट गर्दछ । नयाँ चार्जिंग सोलुसनले चार्जिंग स्पीडलाई नयाँ गति प्रदान गर्ने र कम्पनीको अहिलेको तारसहितको चार्जिंग टेक्नोलोजी भन्दा तिब्र चार्ज गर्ने बताएको छ ।

यसबाहेक चिनियाँ टेक कम्पनी शाओमीले अन्य वायरलेस चार्जिंग एसेसरिज पनि प्रदर्शन गरेको थियो ।

नयाँ एमआई चार्ज टर्बो प्रविधियुक्त शाओमी एमआई ३० वाट वायरलेस चार्जिंग स्ट्याण्ड पुरै सेतो कलर डिजाइनमा आउँछ । यो हेर्दा स्मार्टफोन राख्ने डक जस्तो देखिएपछि यसभिन्त्र फ्यान राखिएको छ । जसले तपाईँको स्मार्टफोनलाई ३० वाटमा क्यू वायरलेस चार्जिंग स्ट्याण्डर्डमा चार्ज गर्दछ ।

यो चार्जरले ४,००० एमएएच ब्याट्रीलाई केबल २५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्दछ भने पुरै चार्ज गर्न करिब ६९ मिनेट लाग्ने कम्पनीले दाबी गरेको छ । यसमा भएको ५ लेयर नानोक्रिस्टल रिसिभर क्वायल ९८ प्रतिशत कार्यदक्षता राख्दछ ।

अर्को उत्पादनले कम्पनीको हालको २०वाट वायरलेस चार्जिंग स्ट्याण्डर्ड सपोर्ट गर्दछ र यो निकै मोटो छ । यो लगभग किताब जत्तिकै मोटो छ । तर यसमा वायरलेस चार्जिंग ट्र्याकिंग टेक्नोलोजी प्रयोग गरिएको छ । यो प्रविधिले तपाईँको फोनमा रिसिभिंग वायरलेस चार्जिंग क्वाइललाई लोकेट गर्ने र म्याच गर्ने काम गर्दछ ।

यसबाहेक कम्पनीले ४० वाटको वायरलेस चार्जिंग स्ट्याण्डर्डपनि विकास गरिरहेको घोषणा गरेको छ र यो परीक्षणको क्रममा रहेको बताएको छ ।

नयाँ ३० वाटको एमआई चार्ज टर्बो भने आउन लागेको एमआई ९ प्रो ५जी फ्ल्यागशिप स्मार्टफोनका साथमा लन्च हुने जानकारी दिएको छ । तर सो चार्जर फोन बक्समा नै आउँछ वा छुट्टै किन्नुपर्दछ भन्नेमा कुनै जानकारी छैन् । एजेन्सी

easy care

प्रकाशित: २३ भाद्र २०७६, सोमबार