Technology Khabar २३ भाद्र २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । मोबाइल लाइसेन्स नविकरण शुल्क महँगो भएको भन्दै आएका पाकिस्तानी मोबाइल अपरेटरहरु टेलिनोर पाकिस्तान र पिएमसिएल(ज्याज) ले आफ्नो लाइसेन्स नविकरणको लागि नविकरण शुल्क बापत प्रत्येक कम्पनीले ३५.३९७ पाकिस्तानी रुपैयाँ बुझाएका छन् ।
पाकिस्तानको इस्लामावाद उच्च अदालतको आदेशपछि दुबै कम्पनीले नविकरण शुल्क ५० प्रतिशत तिर्न तयार भएका हुन् ।
दुबै कम्पनीले पाकिस्तानको दूरसंचार क्षेत्रको नियामक निकाय पाकिस्तान टेलिकम्यूनिकेसन्स अर्थोरिटीलाई उनीहरुको लाइसेन्स रकमको ५० प्रतिशतले हुन आउने रकम ३५.३९७ बिलियन पाकिस्तानी रुपैयाँ (२२४.६ मिलियन अमेरिकी डलर) आंशिक भुक्तानी गरेका हुन् ।
आफ्नो मोबाइल सर्भिसेजलाई रोक लाग्नबाट बचाउन यसअघि अगस्तमा टेलिनोर ज्याज उनीहरुको लाइसेन्स नविकरण शुल्क तिर्न तयार भएका थिए । त्यसबेला ज्याजले २९१ मिलियन डलर तथा टेलिनोर पाकिस्तानले भोल्यून्टरीरुपमा २२४.६ मिलियन डलर तिर्न सहमत भएका थिए ।
अपरेटरहरुले गएको अगस्त २१ भन्दा अगाडि नै भुक्तानी गर्न वा उनीहरुको लाइसेन्स खारेज हुने प्रकृयाको सामना गर्नुपर्ने अपेक्षा गरिएको थियो । तर जे भएपनि उनीहरु हाल पाकिस्तान टेलिकम्यूनिकेसन्स अर्थोरिटीले तोकेअनुसारको रकम तिर्न तयार भएका हुन् ।
यसअघि दुबै टेलिकम अपरेटरहरुले सो शुल्क बिनाकारण अत्यधिकम तोकिएको बताउँदै आएका थिए ।
गएको जुलाईमा पाकिस्तान टेलिकम्यूनिकेसन्स अर्थोरिटीले मोबाइल लाइसेन्स नविकरण शुल्क ९०० मेगाहर्ज स्पेक्ट्रमका लागि प्रति मेगाहर्जको ३९.५ मिलियन डलर तोकेको थियो भने १८०० मेगाहर्ज स्पेक्ट्रमको लागि प्रति मेगाहर्ज २९.५ मिलियन अमेरिकी डलर तोकेको थियो ।
नविकरण शुल्कको लागि भुक्तानीको शतप्रतिशत रकम शुल्क तिर्नुपर्ने वा ५० प्रतिशत अग्रिम भुक्तानी गरेर बाँकी ५० प्रतिशत रकम पाँच किस्तामा वार्षिकरुपमा रकम तिर्नुपर्ने शर्त तोकिएको थियो ।
नयाँ घट्नाक्रमपछि पाकिस्तानको टेलिकम क्षेत्रलाई थप सुदृढ पाने र टेलिकम क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा कायम हुने अपेक्षा गरिएको छ । एजेन्सी
प्रकाशित: २३ भाद्र २०७६, सोमबार