अपटेड समाचार

क्यामस्क्यानर एप गूगल प्ले स्टोरमा फेरी उपलब्ध, कम्पनीले भन्यो-अब प्रयोगका लागि सुरक्षित छ

काठमाडौं । १०० मिलियन भन्दा बढि डाउनलोड भएको लोकप्रिय एप क्यामस्क्यानर (CamScanner) फेरी गूगल प्ले स्टोरमा उपलब्ध भएकोछ ।

यसअघि यो एपले स्मार्टफोनहरुमा मालवेयर फैलाएको भन्दै गूगलले एप स्टोरबाट हटाएको थियो । कास्परस्की ल्याबले सो क्यामस्क्यानर एपमा मालवेयर रहेको रिपोर्ट दिएसँगै गूगलले प्ले स्टोरबाट सो एपलाई हटाएको थियो । तर अहिले फेरी सो एपले सो समस्याको समाधान गरेपछि फेरी फिर्ता आएको हो ।

अब क्यामस्क्यानरको भर्सन ५.१२.५ डाउनलोडका लागि उपलब्ध रहेको छ । क्यामस्क्यानरले ट्वीट गरेर फिर्ता आएको जानकारी दिएको हो र यो प्रयोग गर्न सुरक्षित भएको बताएकोछ ।

क्यामस्क्यानर एक लोकप्रिय फोटो स्क्यानिंग एप हो यसको सहयोगबाट यूजर्सले पिडिएफ क्रिएट गर्न सक्दछन् । यो एपको सहयोगबाट विभिन्न डकुमेन्ट तथा फोटोहरु स्मार्टफोन, ट्याबलेटलगायतबाट स्क्यान गरेर आफूले चाहेअनुसार प्रयोग गर्न सकिन्छ ।

कास्परस्कीले यसमा ट्रोजन ड्रपर (Trojan-Dropper.AndroidOS.Necro.n) मालवेयर फेला पारेको थियो । यस्तो मालवेयर विशेषगरि चिनियाँ स्मार्टफोनहरुमा प्रिलोड भएर आउने गर्दथे ।

क्यामस्क्यानरको एपमा मालवेयर केबल एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध रहेको थियो भने यसको आइओएस भर्सनमा भने कुनै प्रभाव परेको थिएन् ।

Leave a Reply