अपटेड समाचार

क्वालकमको ५जी मोबाइल चीप अब सस्तो मूल्यका स्मार्टफोनमा पनि उपलब्ध हुने

काठमाडौं । मोबाइल चीप मेकर क्वालकमले आइएफए २०१९ मा आफ्नो ५जी मोबाइल प्लेटफर्म प्रडक्टलाई बिस्तार गर्ने बताएको छ ।
कम्पनीले स्न्यापड्रागन ६ सिरिज, ७ सिरिज र ८ सिरिजमा आफ्नो ५जी मोडेम बिस्तार गर्ने भएको हो । कम्पनीले सन् २०२० मा ५जीको विश्वभर व्यवसायीक प्रकृया बिस्तार गर्ने योजना लिएको छ ।

चीपमेकरकाअनुसार १५० भन्दा बढि ५जी टर्मिनल डिजाइनहरु क्वालकम टेक्नोलोजीजको ५जी सलुसनले उपयोग गरेको छ । र यी सबै डिजाइनहरु यसअघिदेखि नै विकासको क्रममा रहेका छन् । अहिलको थप प्रडक्ट पोर्टफोलियोले विभिन्न फ्रिक्वेन्सी ब्याण्ड र फिचरहरु सपोर्ट गर्दछ ।

कम्पनीले आगामी दिनमा २ अर्ब भन्दा बढि स्मार्टफोन यूजर्सले ५जीको अनुभव लिने अपेक्षा गरेको छ ।

कम्पनीका वरिष्ठ भाइस प्रेसिडेन्ट तथा मोबाइल सर्भिसका जनरल म्यानेजर एलेक्स काटौजिआनले क्वालकम टेक्नोलोजीजले विश्वको पहिलो र सबैभन्दा एडभान्स ५जी मोबाइल प्लेटफर्म उपलब्ध गराएको बताए । उनले आफ्नो ५जी व्यवसायीकरणलाई बिस्तार गर्दै विश्वभर थप सिरिजहरुमा लैजाने बताए ।

नयाँ ५जी मोबाइल प्लेटफर्म पोर्टफोलियोले सबै क्षेत्र र मुख्य फ्रिक्वेन्सी ब्याण्डहरु सपोर्ट गर्नेछ । जसमा सब सिक्स गीगाहर्ज ब्याण्ड्स, टिडीडी र एफडीडी मोड्स, ५जी मल्टि सिम, डाइनामिक स्पेक्ट्रम शेयरिंग, इन्डिपिडेन्ट र नन इन्डिपिडेन्ट नेटवर्किंग मोडहरु रहेका छन् ।

कम्पनीले आफ्नो ५जी प्लेटफर्म बिस्तार गर्दा आगामी दिनमा मिड रेन्जका डिभाइसहरुमा पनि ५जी टेक्नोलोजी उपलब्ध हुनेछ । जसले गर्दा ग्राहकहरुले सस्तो मूल्यका ५जी स्मार्टफोनहरु पनि किन्न सक्नेछन् । अहिले क्वालकमका चीप प्रयोग भएका स्मार्टफोनहरुको मूल्य कम्तिमा पनि १ हजार डलर भन्दा माथि रहेका छन् ।

कम्पनीका प्रेसिडेन्ट क्रिस्टियानो अमोनले मध्यम मूल्य भएका डिभाइसहरुले भोल्यूम र स्केल दुबैलाई बढाउने बताए । उनले ५जीको परिवर्तन यसअघिको भन्दा तिब्र गतिमा अगाडि गईरहेको र आगामी दिनमा सो प्रविधि सबैका लागि ल्याउने बताए ।

विशेषगरि क्वालकमका ६ सिरिज र ७ सिरिजका स्न्यापड्रागन चीप्स लेनोभो, मोटोरोला, शाओमी, ओपो र भीभोका मिड रेन्जका स्मार्टफोनहरुमा प्रयोग हुँदै आएको छ । जसको मूल्य करिब ३०० अमेरिकी डलरको हाराहारीमा हुन्छ । त्यसैले क्वालकमले यी नयाँ सिरिजमा आफ्नो ५जी मोबाइल प्लेटफर्म बिस्तारले थप ग्राहकहरुको हातमा ५जी प्रविधियुक्त स्मार्टफोन पुग्ने अनुमान गरिएको छ । एजेन्सी

Cheap Sex Cam Website

Leave a Reply