अपटेड समाचार

यूएसबी ४ को स्पेसिफिकेसन प्रकाशित, एकैसाथ ४० जीबीपिएससम्मको डाटा आदानप्रदान गर्नसक्ने

काठमाडौं । यूएसबी इम्प्लिमेन्टर्स फोरम(यूएसबी-आईएफ)ले यूएसबी४ (USB4) को स्पेसिफिकेसन सार्वजनिक गरेको छ । सो संस्थाले नयाँ पुस्ताको यूएसबी आर्किटेक्चर यसअघिको यूएसबी ३.२ (USB 3.2)र यूएसबी २.० (USB 2.0)को आर्किटेक्चरमा सुधार र विकास पछि नयाँ महत्वपूर्ण अपडेट जारी गरेको हो ।

यूएसबी४ को आर्किटेक्चर हालै इन्टेल कर्पोरेशनले यूएसबी प्रोमोटर ग्रुपलाई उपलब्ध गराएको थण्डरबोल्ट प्रोटोकल स्पेशिफिकेसनमा आधारित रहेको छ । यसले यूएसबीको एकिकृत ब्याण्डविथलाई दोब्बर वृद्धि गर्दछ र एकैपटक अनेकौं डाटा तथा डिस्प्ले प्रोटोकलहरुलाई आदानप्रदानमा सक्षम बनाउँछ ।

यूएसबी ४ स्पेसिफिकेसनको विकास पहिलो पटक गएको मार्च २०१९ मा यूएसबी प्रोमोटर ग्रुपद्धारा घोषणा गरिएका थियो ।

यूएसबी ४ सोलुसनको मुख्य विशेषताहरुमा अहिलेको यूएसबी टाइप सी केबल्स जसमा ४० जीबीबिएस सर्टिफिकेट प्राप्त केबल्सबाट ४० जीबीपिएस नै टू लेट अपरेसन गर्न सकिने हुन्छ त्यहि बराबरको क्षमता हुन्छ । एकैपटक अनेकौं डाटा तथा डिस्प्ले प्रोटोकलहरुलाई आदानप्रदानमा सक्षम बनाउँछ । र अझ महत्वपूर्ण यसले पुराना यूएसबी ३.२ र यूएसबी २.० तथा थण्डरबोल्ट ३ सँग कम्प्याटिबल रहेको छ ।

संस्थाले यूएसबी टाइप सी कनेक्टरले कयौं उत्पादनहरुको बाहिरी डिस्प्ले पोर्टमा महत्वपूर्ण भूमिका निभाएको थियो र यूएसबी ४ स्पेसिफिकेसनले अहिलेको होस्टलाई डिस्प्ले डाटालाई प्रवाह गर्न अधिकतम स्केलमा स्थान उपलब्ध गराउने क्षमता राख्ने बताएको छ ।

यूएसबी४ पोर्ट इन्बिल्ट भएका उत्पादनहरु तथा यूएसबी४ केबल भने सन् २०२० मा मात्रै आउनेछन् । एजेन्सी

यो पनि हेर्नुस्-

यूएसबी केबलको नयाँ भर्सन घोषणा, यूएसबी ४ ले ४० जीबीपीएस डाटा ट्रान्सफर गर्ने

Leave a Reply