व्यापार युद्धका कारण कम्प्यूटर निर्माताहरुको नाफामा असर गर्ने, उपभोक्ताहरुलाई भने अधिक मूल्य

Technology Khabar २२ भाद्र २०७६, आईतवार

व्यापार युद्धका कारण कम्प्यूटर निर्माताहरुको नाफामा असर गर्ने, उपभोक्ताहरुलाई भने अधिक मूल्य
सांकेतिक तस्विर

काठमाडौं ।

काठमाडौं । कम्प्यूटर निर्माता कम्पनीहरुले अमेरिका चीन व्यापार विवादले आफ्नो आम्दानीमा असर पार्ने बताएका छन् ।कम्पनीहरुले प्रडक्सन लाइनलाई स्थानान्तरण गर्दा बढ्ने खर्चलाई समाहित गर्नुपर्ने चुनौती सामना गर्नुपर्नेछ वा उनीहरुले नोटबुकहरुमा यहि डिसेम्बर १५ तारिखदेखि अतिरिक्त १५ प्रतिशत ट्यारिफ बेहोर्नुपर्ने भएको छ ।

एसरका अध्यक्ष तथा सिईओ जेसन चेनकाअनुसार सिजनको कारणले यो वर्षको अर्ध्यवार्षिक अवधिमा बिक्रीमा सुधार हुने भएपनि व्यापार विवादले गर्दा अनश्चितता कायम भएको बताए । उनकाअनुसार विश्वका दुई ठूला अर्थतन्त्रबिचको विवाद र जापान तथा दक्षिण कोरियाबिचको समस्याले गर्दा सुधारलाई संकुचित गर्नसक्ने संभावना रहेको छ ।

नोटबुकहरुमा बढ्ने लागतले केबल अमेरिकी सरकारलाई मात्र फाईदा हुनेछ भने सप्लाई चेन मेकर र उपभोक्ताहरुले संयुक्तरुपमा ब्राण्ड भेण्डरहरुलाई बढेको रकम बुझाउनुपर्नेछ । नोटबुक मेकर कम्पनीहरु आफ्नो बिक्री मूल्य बढाउनुपर्ने दबाबमा हुनेछन् ।

चेनकाअनुसार जतिबेला अमेरिकाले सन् २०१८ मा चीनबाट आपूर्ति हुने डेस्कटप कम्प्यूटरहरुमा ट्यारिफ वृद्धि गरेको थियो त्यसबेला प्रमुख भेण्डरहरु एचपी, डेल, एसर र असुटेकले आफ्नो प्रभावित भएका सम्पूर्ण मोडलहरुमा मूल्य बढाएको थिए र सो मूल्य अन्त्यमा उपभोक्ताहरुले भुक्तानी गर्नुपरेको थियो ।

एसरले कन्सेप्टडी, गेमिंग नोटबर र स्वीफ्ट स्लिम नोटबुक लाइनहरुबाट आफ्ना नयाँ मोडलहरु रिलिज गर्ने तयारीमा रहेको छ । कम्पनीले यहि वर्षको दोस्रो अर्ध वार्षिकमा ती मोडलहरु बजारमा ल्याउनेछ, तर ती सबै उच्च मूल्यमा हुनेछन जून उपभोक्ताहरुलाई अधिक स्वीकारयोग्य गराउनका लागि अपग्रेड गरिएका स्पेकहरुका साथ आउने चेनले बताए । एजेन्सी

easy care

प्रकाशित: २२ भाद्र २०७६, आईतवार