एप्पलले पहिलो पटक यूट्यूबबाट आइफोन लन्च इभेन्टको ‘लाइभ स्ट्रीम’ गर्ने

Technology Khabar २२ भाद्र २०७६, आईतवार

एप्पलले पहिलो पटक यूट्यूबबाट आइफोन लन्च इभेन्टको ‘लाइभ स्ट्रीम’ गर्ने

काठमाडौं ।

काठमाडौं । एप्पलले आफ्नो नयाँ आइफोनहरु यहि सेप्टेम्बर १० तारिखमा न्यूयोर्कमा लन्च गर्दै छ । कम्पनीले पहिलो पटक सो इभेन्टको लाइभ स्ट्रीम (प्रत्यक्ष प्रशारण) यूट्यूबमा गर्ने भएको छ ।

यसअघि एप्पलका इभेन्टहरु केबल आईओएस र म्याकओएस डिभाइसहरुमा मात्र लन्च हुने गरेको थियो भने आफ्नो वेबसाइटबाट पनि लाइभ स्ट्रीम गर्ने गरेको थियो । तर अहिले भने पहिलो पटक एप्पलले यूट्यूबबाट पनि लाइभ स्ट्रीम गर्ने भएको हो ।

कम्पनीले प्यासिफिक डेलाइट टाइम १० बजे बिहान आफ्नो यूट्यूब स्ट्रीमिंग गर्ने भएको हो जुन नेपाली समयअनुसार सेप्टेम्बर १० तारिखमा बेलुका १०ः४५ बजे हुन्छ ।

सो इभेन्टमा एप्पलले आइफोन ११ नाममा तीन नयाँ भर्सनहरु लन्च गर्ने अनुमान छ । यो वर्षका आइफोनहरुमा विशेषगरि क्यामरामा अपग्रेड हुने अनुमान गरिएको छ ।

 

easy care

प्रकाशित: २२ भाद्र २०७६, आईतवार