कुबोटका तीन नयाँ स्मार्टफोनहरु एआई ट्रिपल क्यामरा सेटअपका साथ लन्च

Technology Khabar २१ भाद्र २०७६, शनिबार

कुबोटका तीन नयाँ स्मार्टफोनहरु एआई ट्रिपल क्यामरा सेटअपका साथ लन्च
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी कुबोटलाई सस्तो फोन उत्पादन गर्ने ब्राण्डको रुपमा लिईन्छ । कम्पनीले आफ्ना स्मार्टफोनहरुमा भएका क्यामरा क्षमतालाई समेत सुधार गर्न निकै कडा प्रयास गरिरहेको छ ।

अब भने कम्पनीले आफ्नो सस्तो फोन मात्र निर्माण गर्ने ब्राण्डभन्दा माथि उठेर बजारमा जाने तयारी गरिरहेको छ । यसको लागि कुबोटले ३६० टेक्नोलोजी कम्पनीसँग सहकार्य गरिरहेको छ । यसैको प्रयास स्वरुप कुबोटले नयाँ स्मार्टफोनहरु कुबोट एक्स२० प्रो, कुबोट एक्स२० र पी३० सार्वजनिक गरेको छ ।

कम्पनीले ल्याएको सबै स्मार्टफोनहरुमा एआई ट्रिपल क्यामरा सेटअप रहेको छ । यी स्मार्टफोनहरुमा सोनीको आएएमएक्स सेन्सर प्रयोग गरिएको छ जसमा २० मेगापिक्सेल, १२ मेगापिक्सेल र ८ मेगापिक्सेलको रियर क्यामरा सेटअप छ । यसमध्ये कुबोटले २० मेगापिक्सेल सेन्सरलाई डेप्थ क्यामराको रुपमा प्रयोग गरेको छ । संभवत २० मेगापिक्सेल सेन्सरलाई डेप्थ क्यामराको रुपमा प्रयोग गर्ने कुबोट पहिलो स्मार्टफोन ब्राण्ड हो ।

यी नयाँ स्मार्टफोनहरुमा बोकेह इफेक्ट, हाइलाइटिंग फोकसलगाययतका फीचरहरु छन् । त्यसैगरि १२५ डिग्रीको सुपर वाइड एंगल लेन्स पनि रहेको छ ।

कम्पनीले क्यामराको हार्डवेयरका साथै सफ्टवेयरमा पनि काम गरेको छ । त्यसैले कुबोटका नयाँ फोनहरुमा १६ फरक फरक सीनहरुक लागि एआई रिकोग्निसन राखिएको छ भने मल्टि फ्रेम नोइज रिडक्सन, ब्राइट नाइट सीन समेत रहेको छ ।

कुबोटका इन्जिनियरहरुका अनुसार अँध्यारोमा पनि नयाँ अल्गोरिदमले गर्दा आकर्षक फोटोहरु खिच्न सक्नेछ ।

कम्पनीले सार्वजनिक गरेको तीनवटै स्मार्टफोनहरु एन्ड्रोयड ९.० पाईमा आधारित छन भने यी फोनहरुमा हेलियो सीपीयू प्रयोग गरिएको छ । फोनमा पावर ब्याकअपका लागि ४,००० एमएएचको ब्याट्री प्याक प्रयोग गरिएको छ ।

कुबोट एक्स २० प्रोमा ६जीबी र्याम र १२८ जीबी स्टोरेज छ भने एक्स२० मा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज छ । त्यसैगरि कुबोट पी३० मा ४जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको छ ।

कुबोट एक्स२० प्रो, कुबोट एक्स२० र कुबोट पी ३० तीनवटै स्मार्टफोनमा ६.३ इन्चको फूलएचडी वाटरड्रप स्क्रीन छ ।

कुबोट ब्राण्डका स्मार्टफोनहरु नेपालमा पनि उपलब्ध रहेका छन् । नेपाली बजारमा काष्ठमण्डप एशिया इन्टरनेशनल प्रालिले कुबोटका फोनहरु बिक्री गरिरहेको छ । तर यी नयाँ स्मार्टफोनहरु नेपाली बजारमा आउँछ वा आउँदैन भन्ने कुनै जानकारी छैन् ।

प्रकाशित: २१ भाद्र २०७६, शनिबार

Comments are closed.

Loading...