अपटेड समाचार
प्रतिकात्मक

दुईजना उपभोक्तालाई झुक्याएकोमा एलजीलाई जरिवाना, १ लाख ६० हजार अष्ट्रेलियन डलर तिर्नुपर्ने

काठमाडौं । उपभोक्तालाई बिक्रीपछिको सेवा दिन अस्विकार गरेको आरोपलमा एलजी इलेक्ट्रोनिक्स (LG Electronics)लाई अष्ट्रेलियामा जरिवाना तोकिएको छ ।

अष्ट्रेलियन फेडेरल कोर्टले समस्यायुक्त टेलिभिजनका लागि एलजी इलेक्ट्रोनिक्सलाई हालै दुई ग्राहकहरुलाई रिपेयर, रिप्लेसमेन्ट वा रिफण्ड गर्न अस्विकार गरेको आरोपमा १ लाख ६० हजार अष्ट्रेलियन डलर तिर्न भनेको छ ।

न्यायाधिशले शुक्रबार निर्णय गर्दै समस्यायुक्त टेलिभिजन किनेका दुई उपभोक्तालाई एलजीले गलत प्रतिनिधित्व गरेको दोषि मान्दै जरिवाना तिराएका हुन् । ती उपभोक्ताहरुले एलजीको म्यानुफ्याक्चरर्स वारेन्टीअन्तरगत कुनै अधिकार नभएको फोनमार्फत जानकारी पाएका थिए ।

न्यायाधिश मिडलटनले अष्ट्रेलियन उपभोक्ता कानूनअन्तरगत उपभोक्ताहरुले दोषयुक्त उत्पादनहरु किनेको खण्डमा मर्मत, रकम फिर्ता वा प्रतिस्थापनको अधिकार हुने निर्णय सुनाएका थिए ।

अष्ट्रेलियामा उपभोक्ताको अधिकारको बारेमा हेर्ने संस्था एसिसिसिका कमिसनर साराह कोर्टले अष्ट्रेलियन उपभोक्ता कानूनअन्तरगत उपभोक्ताहरुले खरिद गरेको सामाग्रीमा उपभोक्ता ग्यारेन्टीसाथमा नै आउने बताए ।

ती दुई उपभोक्ताहरुले सन् २०१३ मा किनेको एलजीको टेलिभिजनमा स्क्रीनमा समस्या देखिएको थियो र फरक रंगहरु आउने गरेका थिए । जसलाई ‘बर्न-इन’ भनेर बुझ्ने गरिन्छ । सो समस्या टिभी किनेको १ वर्षको प्रयोग भित्रै भएको थियो भने त्यसलाई कम्पनीको विकासको चरणमा नै भएको समस्याको रुपमा व्याख्या गरिएको छ ।

एलजीका प्रतिनिधिहरुले ती दुई उपभोक्ताहरुलाई अष्ट्रेलियन उपभोक्ता कानूनको बारेमा तत्कालिन समयमा उल्लेख नगराएको बताईएको छ । सोहि कारणले गर्दा एलजीले दुई ग्राहकहरुसँग गरेको कुराकानीले भ्रम सिर्जना गरेको र उपभोक्ताको ग्यारेन्टी अस्विकार गरेको कोर्टले भेटेको थियो ।

एलजीका टेलिभिजन स्क्रीनहरुमा बर्न इन समस्या आईरहेका छन् । यस्तै समस्या पहिलो पटक सन् २०१५ मा कोरियामा नै एलजीले सियोल टावरमा लगाएको एलजी ओएलईडी स्क्रीनमा देखिएको थियो ।

सोहि समस्या पुन गत वर्ष आएको थियो जसमा सन् २०१८ को ओएलईडी टिभी मोडलमा महिनादिन भित्रै बर्न इन भएको थियो ।

स्रोत

Leave a Reply