गोदरेज अप्लाएन्सेसले ल्यायो “फ्रि कपल ट्रिप टु बाली” अफर

Technology Khabar २० भाद्र २०७६, शुक्रबार

गोदरेज अप्लाएन्सेसले ल्यायो “फ्रि कपल ट्रिप टु बाली” अफर

काठमाडौं ।

काठमाडौं । गोदरेज अप्लाएन्सेसले चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ । यो योजना अन्तर्गत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको छ ।

योजनाअन्तर्गत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्रमार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्ने बताईएको छ ।

गोदरेजका रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवसर प्राप्त गर्न सक्नेछन साथै ए.सी.को खरिदमा निशुल्क जडान गरिने कम्पनीले जानकारी दिएको छ ।

यस चाडपर्वमा अझ बढी खुशी र उत्सव मनाउनको लागि गोदरेजले “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको हो ।

यो ग्राहक योजना नेपालभर भदौ २० गते देखि सिमित अवधिको लागि मात्र लागू हुने तथा सि.जी. डिजिटल आउट्लेटहरुमा उपलव्ध रहेको कम्पनीले जनाएको छ ।

लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address टाइप गरी पठाउनुपर्नेछ ।

easy care

प्रकाशित: २० भाद्र २०७६, शुक्रबार