अपटेड समाचार

जेनेरेसन नेक्स्टको रिसेलर्स मिट बिराटनगरमा सम्पन्न, आधिकारिक प्रडक्ट मात्रै किन्न अनुरोध

काठमाडौं । डेल, एचपी र एप्पलका उत्पादनहरुको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्यूनिकेसन प्रालिले बिराटनगरमा रिसेलर्स मिट आयोजना गरेको छ ।

कम्पनीले आफ्ना नयाँ उत्पादनहरुको बारेमा जानकारी दिन र आधिकारिक प्रडक्टहरु खरिद गर्न उत्प्रेरित गर्नका लागि ‘बाई जेन्यून क्याम्पेन'(Buy Genuine Campaign)का साथमा रिटेलर्स मिट आयोजना गरेको हो ।

सो कार्यक्रममा कम्पनीकी निर्देशक निकिता भिमसारियाले डेल, एचपी र एप्पलका प्रडक्टहरुको आधिकारिक उत्पादनहरु खरिद गर्दा ध्यान दिनुपर्ने विषयहरुमा जानकारी दिएकी थिईन् । उनले जेन्यून प्रडक्ट र रिफर्बिस्ड प्रडक्टका साथै बजारमा आएका नन अर्थोराइज्ड तथा कालोबजारीका उत्पादनहरुमा हुने फरक र सेवा सुविधाहरुको बारेमा बताईन् ।

आधिकारिक प्रडक्टमा जेननेक्स्टको होलोग्राम हुने, कम्पनीको वेबसाइटमा गएर सो प्रडक्टको आधिकारिकता जाँच गर्न सकिने र मोबाइलमार्फत ३४००१ मा एसएमएस गरेर जानकारी लिन सकिने उनले स्पष्ट पारिन् ।

यसका साथै कम्पनीले आफ्ना सम्पूर्ण बिक्रीगरिने उत्पादनहरुमा दशैंको उपलक्ष्यमा हात खाली नजाने स्क्र्याच कुपनहरु उपलब्ध गराएको जानकारी दिएको छ । भदौ २९ गतेदेखि कात्तिक २४ गतेसम्म सिमित अवधिको सो उपहार योजनामा स्कूटर, ल्यापटप, मोबाइल फोन, क्रोकरी सेट, रेफ्रिजेरेटर, वासिंग मेसिन, सुनको सिक्का, चाँदीको सिक्कालगायतका उपहारहरु प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

जेनेरेसन नेक्स्ट कम्यूनिकेसनले नेपाली बजारमा आधिकारिकरुपमा डेलका सर्भर, र्याक सर्भर, डेस्कटप, मनिटर, ल्यापटप, एचपी ब्राण्डका डेस्कटप, ल्यापटप, मनिटर र प्रिन्टर तथा एप्पलका म्याकबुक, आईम्याक, आइफोन र आइप्याड बिक्री गर्दै आएको जनाएको छ ।