एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजन नेपाली बजारमा, मूल्य ८ लाख रुपैयाँ

Technology Khabar १९ भाद्र २०७६, बिहीबार

एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजन नेपाली बजारमा, मूल्य ८ लाख रुपैयाँ

काठमाडौं ।

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजनको बिक्री शुरु गरेको छ । सीजीले एलजी ओएलइडी, एल जी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ मोडेलका टेलिभिजन सार्वजनिक गरेको हो ।

कम्पनीले अर्ग्यानिक लाइट एमिटिङ डायोड ‘ओएलईडी’ टेलिभिजन बिक्री सुरु गरेको हो । ८ लाख रुपैयाँ नेपाली मूल्य रहेको उक्त टेलिभिजनमा विश्वकै अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार टिभीमा भ्वाइस कमाण्ड रहेकाले टिभी बोलेरै नियन्त्रण गर्न सकिन्छ । यसका अतिरिक्त एक्युरेट कलर, डल्बी एटमोस, म्याजिक रिमोटलगायतका सुविधा समेत छन् भने भिजन–एटमोस पनि समावेश गरिएको छ ।

६५ इन्च स्क्रिन र ४.३ एमएम मोटाई रहेको यो टेलिभिजनमा गूगल असिस्टेन्ट र अमेजन एलेक्सा लगायतको सुविधा राखिएको छ।

अल्फा ९ जेन २ प्रोफेसरमार्फत प्रयोगकर्ताले हरेक गतिविधि स्वचालित रूपमा नियन्त्रण सक्ने यो टेलिभिजनले विश्वभर राम्रो बजार हिस्सा ओगटेको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टेलिभिजनमा समावेश गरिएको नानोसेल प्रविधिले विस्तृत रङ्ग छनोट गरी फराकिलो कोण प्रदान गर्ने बताए ।

easy care

प्रकाशित: १९ भाद्र २०७६, बिहीबार