अपटेड समाचार

नबिल बैंकको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

काठमाडौं । नबिल बैंकले विगतदेखिनै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको अवगतनै छ । यसको अतिरिक्त बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई रु १०,००,०००/– (दश लाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ ।

यो योजना भदौ १छ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५,०००/– वा सो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली रुपैयाँका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १०,००,०००/– को सामुहिक व्यक्तिगत दुर्धटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्धटना द्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ रु. १०,००,०००/– बीमा रकम प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत आफ्नो नेपाली मुद्रा खातामा न्यूनतम रु. ५,०००/– मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बीमा स्वत रुपमा १छ भदौ २०७६ मा भैसकेको छ । साथै यो योजनामा सामिल भैरहन बचतकर्ताले सधैं रु. ५,०००/– वा बढि मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी रु. ५,०००/– वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधैं उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् ।

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५,०००/– वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिने बैंकले जानकारी दिएको छ ।