चोरीका मोबाइल बिक्री गर्ने ३ जना पक्राउ, बरामद मोबाइलको बजार मूल्य करिब १२ लाख रुपैयाँ

Technology Khabar १७ भाद्र २०७६, मंगलवार

चोरीका मोबाइल बिक्री गर्ने ३ जना पक्राउ, बरामद मोबाइलको बजार मूल्य करिब १२ लाख रुपैयाँ

काठमाडौं ।

भक्तपुर । भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले करिब १२ लाख रुपैयाँ बराबर मूल्यका चोरीका मोबाइल सेटसहित तीन जनालाई समातेको छ । प्रहरीले ५६ थान मोबाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी बस्ने २२ वर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं ४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भई कामनपा ५ बालकुमारीमा फ्याल्ट भाडामा लिइ बस्ने ३३वर्षीय सत्य प्रकाश रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ५६ थान मोबाइल सेट, १८ थान ब्याट्री, भारु ४८४०, नेरु ६२७४४ र नक्कली बील प्याड बरामद गरेको वृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए ।

‘नेपाल र भारतका बिभिन्न स्थानबाट मोवाइल चोरी गर्ने तथा सत्य प्रकाशले जम्मा गरी रञ्जिकुमारलाई बिक्री गर्ने र रञ्जित कुमारबाट उक्त सेटहरु लामिछानेले खरिद गरि बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी जोशीले भने ।

उनीहरुले प्रयोग गर्दै आएको भी डी एल १ सि जेट ४५५३ नं को भारतीय सवारी साधनसमेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मोबाइलको बजार मूल्य करिब १२ लाख रहेको र यस बारेमा थप अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिए।

माध्यम

easy care

प्रकाशित: १७ भाद्र २०७६, मंगलवार