विश्वभर फाइभजी वायरलेस नेटवर्कको आम्दानी ४.२ बिलियन डलर पुग्ने प्रक्षेपण

Technology Khabar १६ भाद्र २०७६, सोमबार

विश्वभर फाइभजी वायरलेस नेटवर्कको आम्दानी ४.२ बिलियन डलर पुग्ने प्रक्षेपण

काठमाडौं ।

काठमाडौं । विश्वभर ५जी वायरलेस नेटवर्क पूर्वाधारको आम्दानी सन् २०२० मा ४.२ बिलियन अमेरिकी डलर हुने अनुमान गरिएको छ । एक अनुसन्धानअनुसार सन् २०१९ को २.२ बिलियन डलरको तुलनामा यसमा ८९ प्रतिशतको वृद्धि हुनेछ ।

गार्टनरले गरेको प्रक्षेपणअनुसार फाइभजी नयाँ रेडियो नेटवर्क पूर्वाधारमा सन् २०१९ मा कम्यूनिकेसन्स सर्भिस प्रोभाइडर्सले वायरलेस इन्फ्रास्ट्रक्चरबाट गरेको आम्दानीको करिब ६ प्रतिशत हुनेछ भने त्यसमा वृद्धि हुँदौ सन् २०२० मा १२ प्रतिशत पुग्नेछ ।

गार्टनरका सिनियर रिसर्च डाइरेक्टर सिल्भेन फाब्रेले भने, ‘५जी वायरलेस नेटवर्क इन्फ्रास्ट्रक्चर आम्दानी सन् २०१९ र २०२० को बिचमा दोब्बरले बढ्नेछ ।’ उनकाअनुसार हालको ४जी कोर नेटवर्क इन्फ्रास्ट्रक्चरका साथसाथ ५जी न्यू रेडियो उपकरणहरु समेत रोलआउट गरिनेछ ।

सन् २०२० मा कम्यूनिकेसन्स सर्भिस प्रोभाइडर्सले स्ट्याण्डअलोन ५जी टेक्नोलोजी रोलआउट गर्नेछ जसको लागि ५जी न्यू रेडियो इक्यूपमेन्ट र ५जी कोर नेटवर्क आवश्यक पर्नेछ । यसले कम्यूनिकेसन्स सर्भिस प्रोभाइडर्सका लागि न्यून लागत हुनेछ र यूजर्सका लागि सुधारिएको नेटवर्क उपलब्ध हुनेछ ।

सन् २०२० समममा प्रमुख शहरहरुमा ५जी सेवाहरु उपलब्ध गराईनेछ । अमेरिका, दक्षिण कोरिया, केहि यूरोपेली मुलुकहरुमा यसअघि नै ५जी सेवाहरु उपलब्ध गराउन शुरु भईसकेको छ । यसबाहेक क्यानाडा, फ्रान्स, जर्मनी, कतार, यूएईलगायतका मुलुकका कम्यूनिकेसन्स सर्भिस प्रोभाइडर्सहरुले २०२० सम्ममा ५जी नेटवर्क निमार्ण गरिसक्ने घोषणा गरेका छन् ।

गार्टनरकाअनुसार करिब ७ प्रतिशत कम्यूनिकेसन्स सर्भिस प्रोभाइडर्सले यसअघि नै आफ्नो नेटवर्कमा ५जी पूर्वाधार जडान गरिसकेका छन् । यदपी उपभोक्ताहरु नै ६जी विकासक्रमको लागि महत्वपूर्ण सेगमेन्ट हुनेछन् ।

फाइभजी नेटवर्कहरुले मोबाइल इको सिस्टमको बिस्तार गर्दै नयाँ उद्योगहरुमा पुग्ने अनुमान गरिएको छ, जसमा रिटेल क्षेत्रहरु, औद्योगिक यूजर्सका लागि प्राइभेट नेटवर्कलगायत छन् । विभिन्न देशहरुले प्राइभेट नेटवर्कहरुको लागि निशिचत ब्याण्डसमेत छुट्याईसकेका छन् ।

easy care

प्रकाशित: १६ भाद्र २०७६, सोमबार