अपटेड समाचार

सेलेब्रेटीसँग आफ्नो अनुहार साट्न सकिने फेस-स्वापिंग एप ‘जाओ’ भाइरल, उठ्यो प्राइभेसीको विषय

काठमाडौं । एप यूजरको अनुहार चर्चित सेलेब्रेटी, स्पोर्टस स्टार र अन्य व्यक्तिहरुसँग भिडियो क्लीपमार्फत साटासाट गर्न सकिने नयाँ चिनियाँ एप ‘जाओ (ZAO)’ को लोकप्रियता ह्वात्तै चुलिएको छ । हालै फेस स्वाप (Face Swapping) गर्ने सो एप एकै सातामा दशौं लाख डाउनलोड भएको छ ।

गत साता मात्र दशौं लाख डाउनलोड भएको सो फेस स्वाप गर्न मिल्ने सो जाओ एपमा प्राइभेसीको विषय बाहिर आएको छ ।

सो एप अचानक निकै लोकप्रिय भएको छ भने केहि यूजर्सहरुले सो एपमा प्राइभेसीको विषयलाई उठाएका छन् । सो एपले प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले गर्दा यूजर्सको परिचय भेरिफिकेसनको विषय उठेको हो ।

चीनको आईओएस एप स्टोरमा गत शुक्रबार मात्र अपलोड गरिएको थियो भने सो जाओ एप तत्काल भाइरल भएको थियो ।

चीनको ट्विटर भनेर चिनिने वेबोमा एप निर्माता कम्पनीले पोस्ट गर्दै जाओको सर्भरहरु अत्यधिक ट्राफिकका कारण झण्डै क्रास भएको जानकारी दिएको थियो । एप डाउनलोड विश्वभर रेकर्ड ट्र्याक गर्ने संस्था एप एनेकाअनुसार जाओ चीनको आईओएस एप स्टोरमा सेप्टेम्बर १ मा सबैभन्दा डाउनलोड गरिएको निशुल्क एप भएको थियो ।

सो एपमा प्रयोगकर्ताहरुले आफ्नो फोन नम्बर र अनुहारको फोटो अपलोड गर्नुपर्ने हुन्छ, सो एपमा स्मार्टफोनबाट खिचिएका फोटोहरु प्रयोग गर्न सकिन्छ ।

त्यसपछि उनीहरुले सेलेब्रेटीहरुको विभिन्न श्रेणीका भिडियोहरु छनौट गरेर आफ्नो फेसमा सूपरइम्पोज अर्थात एक आपसमा मिलाएर गाभ्न सक्दछन भने सो भिडियोहरु आफ्ना साथीहरुलाई शेयर गर्न सक्नेछन् ।

जाओ एपमा चिनियाँ सेलेब्रेटीका अतिरिक्त लियोनार्दो डिकाप्रियो र मर्लिन मुनरोको फेस पनि प्रयोगमा राखिएको छ ।

सो एपको यूजर एग्रिमेन्ट मध्ये एउटा सेक्सनमा उपभोक्ताले जसले जाओमा तस्विरहरु अपलोड गर्दछ, उसले आफ्नो फेसको बौद्धिक सम्पत्ति माथिको अधिकार गुमाउने उल्लेख छ, र साथै जाओले ती तस्विरहरु मार्केटिंग उद्धेश्यका लागि प्रयोग गर्न सक्ने बताएको छ ।

जाओले यूजरहरुले उठाएको प्राइभेसीको इस्यूलाई सम्बोधन गरिने वेबो पोस्टमा बताएको छ । कम्पनीले विभिन्न प्रश्नहरु प्राप्त गरेको र सम्बन्धित क्षेत्रहरुमा देखिएका विषयहरुलाई सुधार गर्ने उल्लेख गरेको छ ।

जाओ मोमो इंकद्धारा निर्माण गरिएको हो जसले शुरुवाती चरणमा डेटिंग एप कम्पनीको रुपमा परिचित रहेको थियो । सो कम्पनी न्यूयोर्क स्टक एक्सचेन्जमा सन् २०१४ मा सूचीकृत भएको थियो ।

स्रोत