ओपो र भीभो सफ्टवेयर अपडेटमा निकै कमजोर, नोकियाका स्मार्टफोनमा सबैभन्दा छिटो अपडेट

Technology Khabar १५ भाद्र २०७६, आईतवार

ओपो र भीभो सफ्टवेयर अपडेटमा निकै कमजोर, नोकियाका स्मार्टफोनमा सबैभन्दा छिटो अपडेट

काठमाडौं ।

काठमाडौं । यदि तपाईँ नोकियाका स्मार्टफोनहरु प्रयोग गर्नुहुन्छ भने तपाईँका लागि सुखद समाचार रहेको छ । नोकियाका स्मार्टफोन प्रयोगकर्ताहरुले सबैभन्दा छिटो सफ्टवेयर अपडेट प्राप्त गर्ने गरेका छन् ।

नोकियाले एन्ड्रोयड स्मार्टफोन ब्राण्डहरुमध्ये सबैभन्दा छिटो अपडेट दिने गरेको अनुसन्धानले सार्वजनिक गरेको छ । हालै रिसर्च फर्म काउन्टर प्वाइन्टको एक अनुसन्धानअनुसार सफ्टवेयर अपडेट पुश गर्नमा नोकियाले अन्य सबै ब्राण्डहरुलाई पछाडि पार्दै पहिलो स्थानमा रहेको छ ।

‘सफ्टवेयर अपडेट पुश’मा विश्वको सबैभन्दा ठूलो स्मार्टफोन मेकर कम्पनी सामसंग भने दोस्रो स्थानमा रहेको छ ।

सफ्टवेयर अपडेट पुश गर्ने मामलामा चिनियाँ स्मार्टफोन मेकर ओपो, भीभो र लेनोभो निकै कमजोर रहेको देखाएको छ ।

रिसर्च फर्म काउन्टर प्वाइन्टकाअनुसार गत वर्ष नोकियाका ९६ प्रतिशत स्मार्टफोनहरु एन्ड्रोयड ९ पाईका साथ बिक्री गरिएका थिए जबकी सामसंगले सबैभन्दा नयाँ सफ्टवेयरका साथमा केबल ८९ प्रतिशत स्मार्टफोन बिक्री गरेको थियो ।

यो सूचीमा शाओमीले लेटेस्ट सफ्टवेयर एन्ड्रोयड ९ पाईका साथमा ८४ प्रतिशत स्मार्टफोन बेचेर तेस्रो स्थान पाएको छ भने दोस्रो ठूलो स्मार्टफोन मेकर ह्वावेले एन्ड्रोयड ९ पाईका साथमा ८२ प्रतिशत स्मार्टफोन बेच्दै चौथो स्थानमा रहेको छ ।

अन्य स्मार्टफोन ब्राण्डहरु भने अधिकांश पुराना सफ्टवेयरमा नै आधारित रहेको देखिएको छ । यसमा बजारमा चर्चित रहेका स्मार्टफोन ब्राण्ड ओपो, भीभो जस्ता कम्पनीहरु निकै कमजोर छन् । यी कम्पनीहरुको सफ्टवेयर अपडेट ५० प्रतिशत पनि नाध्न सकेको छैन् ।

ओपो भीभो र लेनोभो जस्ता कम्पनीहरु स्मार्टफोन लगातार लन्च त गरिरहेका छन् । तर यसको बाबजुद नयाँ अपडेट यूजर्सलाई उपलब्ध गराउँदैनन् । कम्पनीले आफ्ना ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न मार्केटिंग हतकण्डा अपनाउने गरे पनि सफ्टवेयर अपडेट भने दिने गरेका छैनन् ।

रिपोर्टअनुसार लेनोभोका स्मार्टफोनहरुमध्ये केबल ४३ प्रतिशत मात्र एन्ड्रोयड ९ पाईमा आधारित रहेका थिए भने ओपोका स्मार्टफोनहरु केबल ३५ प्रतिशत मात्र एन्ड्रोयड ९ पाईमा संचालन भएका थिए ।

अर्को स्मार्टफोन मेकर भीभोको अवस्था त झन नाजुक रहेको देखिन्छ । भीभोका केबल १८ प्रतिशत स्मार्टफोनहरुमा एन्ड्रोयड ९ पाई सफ्टवेयर राखेर बिक्री गरिएका थिए भने अन्य कम्पनीहरु एलजी १६ प्रतिशत, अल्काटेल १४ प्रतिशत र टेक्नो केबल ५ प्रतिशत मात्र रहेका छन् ।

सफ्टवेयर अपडेट कुनैपनि स्मार्टफोनका लागि निकै महत्वपूर्ण हुने गर्दछ । लेटेस्ट भर्सनको एन्ड्रोयड सँधै पुरानो भर्सन भन्दा उत्कृष्ट फीचर र सुरक्षा साथ आउने गर्दछ । त्यसैले लेटेस्ट भर्सन र नयाँ सेक्यूरिटी प्याचकामाध्यमबाट कम्पनीले स्मार्टफोनलाई नयाँ मालवेयर, भाइरस र विभिन्न सेक्यूरिटी चुनौतीहरुबाट बचाउँछ ।

त्यस्तै स्मार्टफोन ह्यांग हुने, प्रयोग गरिरहँदा विभिन्न समस्याहरु देखिन पनि बन्द हुन्छ ।

सामान्यतया ह्याकरहरुले पुराना भर्सनका एन्ड्रोयडमा लक्षित गरेर आक्रमण गर्ने गर्दछन् । किनकी पुराना भर्सनका सफ्टवेयरहरुलाई आक्रमण गर्न सजिलो हुन्छ । भाइरसले हरेक दिन नयाँ किसिमले आक्रमण गर्ने गर्दछ । मालवेयरले तिब्रगतिमा आफ्नो आक्रमणको तरिका परिवर्तन गरिरहेको हुन्छ त्यसैले पनि स्मार्टफोनमा नयाँ भर्सनको सफ्टवेयर आवश्यक हुने गर्दछ ।

ओपो भीभो र लेनोभो जस्ता कम्पनीहरुले नोकियाबाट सिख्नुपर्ने देखिएको छ । किनकी स्मार्टफोन मात्र लन्च गरेर हुँदैन्, यूजर्सलाई सफ्टवेयर अपडेट पनि दिनुपर्दछ । किनकी स्मार्टफोन खरिदकर्ताले त्यसमा प्रयोग हुने सफ्टवेयर र आउने अपडेटका लागि पनि रकम खर्च गरेको हुन्छ ।

स्रोत

easy care

प्रकाशित: १५ भाद्र २०७६, आईतवार