चाडपर्वको अवसरमा एमजीको “सानदार दशैं तिहार” अफर, २.५ लाखसम्मको नगद छुट

Technology Khabar १५ भाद्र २०७६, आईतवार

चाडपर्वको अवसरमा एमजीको “सानदार दशैं तिहार” अफर, २.५ लाखसम्मको नगद छुट

काठमाडौं ।

काठमाडौं । नेपालको महान पर्व दशैं र तिहारको अवसरमा पारामाउन्ट मोटर्स प्रा.लि., नेपालका लागि एमजी गाडीहरुको अधिकृत आयातक तथा वितरकले चाडपर्व अफर “सानदार दशैं तिहार” को घोषणा गरेको छ ।

“धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार” नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदाहरु र अफरहरु रहेको छ ।

एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १५ भाद्र २०७६, आईतवार