Technology Khabar १३ भाद्र २०७६, शुक्रबार
काठमाडौं । एप्पल आइफोनको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एप्पलका प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।
जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर यहि भदौ १५ गते (सेप्टेम्बर १ तारिख) देखि भदौ २० गते (सेप्टेम्बर ६ तारिख) सम्म निशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।
सेर्पामलमा रहेको कम्पनीको आधिकारिक सर्भिस सेन्टर जेन नेक्स्टबाट सो सुविधा लिन सकिने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले सो सर्भिस क्याम्पमा आफ्नो आइफोन देखाउने एप्पलका प्रयोगकर्ताहरुको लागि अफर पनि सार्वजनिक गरेको छ । जसमा पुरानो आइफोनबाट नयाँ आइफोनमा ब्याकअप ट्रान्सफरको सुविधा, सफ्टवेयरसँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान दिने, तथा आइफोन भित्र भएका डस्ट क्लिनिङ्ग लगायतको सेवा प्राप्त गर्न सकिने छ ।
जेनेरेशन नेक्स्टकी निर्देशक निकिता भिमसरीयाले ग्रे आइफोनको आयातलाई रोक्न र आधिकारिक आइफोन किनेका ग्राहकहरुलाई सुविधा दिने उद्धेश्यले फ्रि सर्भिस क्याम्प आयोजना गरेको बताईन् ।
‘हामीले ग्राहकहरुलाई नयाँ/नयाँ सुविधा दिईरहेका छौं, नेपालमा अझैपनि ‘जेन्यून प्रडक्ट’को बारेमा जानकारी छैन्, त्यसैले आधिकारिक बिक्रेताबाट किनेको आइफोन मात्र ‘फ्रि सर्भिस क्याम्प’ मा चेक गरिनेछ,’ उनले भनिन् । अबैधरुपमा आइफोन बेच्नेहरुले नेपालमा रिफर्बिस्ड गरिएको एप्पल आइफोन भित्र्याएर ग्राहकहरुलाई ब्राण्ड न्यू भनेर बिक्री गरि ठगीरहेकाे उनले बताईन् ।
जेननेक्स्टले आइफोन खरिदकर्ताहरु तथा प्रयोगकर्ताहरुलाई आधिकारिकरुपमा नेपाल भित्रिएको आइफोन मात्र खरिद गर्न अनुरोध गरेको छ । कम्पनीले आफूले किनेको आइफोन आधिकारिक अर्थात सक्कली हो वा होईन भन्ने थाहा पाउनको लागि जेननेक्स्टको वेबसाइटमा गएर आइफोनको आईएमईआई चेक गर्न समेत आग्रह गरेको छ ।
जेनेरेशन नेक्स्टले नेपाली बजारमा आइफोन सिक्सएसको ३२ जीबी स्टोरेज, आइफोन सिक्सएस प्लसको ३२ जीबी, आइफोन सेभेन प्लस ३२ जीबी र १२८ जीबी, आइफोन ८ ६४ जीबी, आइफोन ८ प्लस ६४ जीबी र २५६ जीबी, आइफोन एक्स ६४ जीबी र २५६ जीबी, आइफोन एक्सएसको सबै स्टोरेज अप्सन, आइफोन एक्सएस म्याक्सको सबै स्टोरेज अप्सन र आइफोन एक्सआरको सबै स्टोरेज अप्सनहरु उपलब्ध गराएको छ ।
कम्पनीले दशैंको अवसर पारेर आइफोन खरिदकर्ताहरुको लागि स्क्र्याच कुपन पनि उपलब्ध गराएको छ ।स्क्र्याच कुपन सेप्टेम्बर १० देखि नोभेम्बर १० तारिख भित्रमा आइफोन किन्ने ग्राहकहरुले प्राप्त गर्ने कम्पनीले जानकारी दिएकोछ।
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार