एनसेल सर्ट फिल्म कम्पिटिसनमा ‘बुवा’ फिल्मले पायो पहिलो पुरस्कार

Technology Khabar १३ भाद्र २०७६, शुक्रबार

एनसेल सर्ट फिल्म कम्पिटिसनमा ‘बुवा’ फिल्मले पायो पहिलो पुरस्कार

काठमाडौं ।

काठमाडौं । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समुहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो ।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आवहान गरेको थियो । यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभाहरुलाइै चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको थियो ।

प्रतियोगितामा ७० वटा भन्दा बढि सर्ट फिल्महरु आएका थिए र निर्णायक मण्डललाई उत्कृष्ट १० विजेताहरु छान्नका हम्मे हम्मे परेको थियो । उक्त निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र पत्रकार विद्या चापागाँई रहेको कम्पनीले जानकारी दिएको छ ।

यस प्रतियोगिताको मुख्य उदेश्य भनेको युवा प्रतिभालाई आफ्नो सिप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकहरुका साथ सामाजिक सञ्जाल मार्फत साझा गर्न मिल्ने सामाग्रीहरु हेर्दै यो विशेष दिन मनाउनुरहेको छ । एक विशेष समारोहमाझ बुधबार साझ क्युएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर सो गरिएको थियो । सो समारोहमा नेपाली चलचित्र उद्योगका गन्यमान्य व्यक्तित्वहरु, चलचित्रकर्मीहरु, दिग्गज कलाकारहरु, प्रतियोगिताका साझेदार र मिडिया क्षेत्रका पाहुनाहरुको उपस्थिती रहेको थियो।

प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्महरुका कथाले रचनात्मक र भिन्ना भिन्नै शैलीमा बुवासँग सन्तानहरुका सम्बन्धका बारेमा चित्रण गरेका थिए । एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नेछ ।

कार्यक्रममा बोल्दै कलाकार हरिवशं आचार्यले भने, “छोटो समयमा यसरी कथा भन्नु एउटा राम्रो खुबि हो । यसरी नै सिनेमा बनाउदै सिक्दै जाने माध्यम हो र आशा छ उहाँहरुलाई पछि ठूला–ठूला पर्दा देख्न पाउने छौं ।”

सोही कार्यक्रममा उत्कृष्ट सर्ट फिल्महरुको नाम सार्वजनिक गर्दै सहभागिहरुलाई आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो । एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए।

कमल सुबेदी र उनको समुहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप रु १ लाख नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् । यसका साथै यो समुहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन् ।

त्यस्तै विशाल न्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प रु ७५,००० नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा प्राप्त गरेकाछन् । द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ ले सेकेण्ड रनर अप बन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै समुहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा पाएका छन् ।

राजा महर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हात पारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यी दुई सर्ट फिल्मले रु २५,०००/२५,००० का साथै यी दुई सर्ट फिल्म निर्माण समुहका ३/३ जनाले १० जिबी एनसेल डेटा प्रत्येक महिना १२ महिना सम्म पाउने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार