ह्वावे आफ्नो मेट ३० लन्च गर्ने तयारीमा, अमेरिकी प्रतिबन्धले कम्पनी अझै दोधारको अवस्थामा

Technology Khabar १२ भाद्र २०७६, बिहीबार

ह्वावे आफ्नो मेट ३० लन्च गर्ने तयारीमा, अमेरिकी प्रतिबन्धले कम्पनी अझै दोधारको अवस्थामा

काठमाडौं ।

काठमाडौं । ह्वावे टेक्नोलोजीजले आफ्नो नयाँ हाईएण्ड स्मार्टफोन यूरोपमा लन्च गर्ने तयारी गरिरहेको छ यदपि कम्पनीले नयाँँ डिभाइसमा गूगलको आधिकारिक एन्ड्रोयड भने प्रयोग गर्नेछैन् ।

विश्वको दोस्रो ठूलो स्मार्टफोन मेकर कम्पनीले नयाँ मेट ३० सिरिज यहि सेप्टेम्बर १८ मा जर्मनीको म्यूनिखमा लन्च गर्ने तयारी गरिरहेको छ भने सो डिभाइस कहिले बिक्रीका लागि उपलब्ध हुन्छ भन्ने स्पष्ट छैन् । ह्वावेको मेट ३० सिरिजमा कम्पनीले आधिकारिक एन्ड्रोयड अपरेटिंग सिस्टम र वृहतरुपमा प्रयोग हुने गूगल म्याप्स जस्ता एप्सहरु राख्नेछैन् ।

ह्वावेको मे ३० नयाँ ५जी मोबाइल नेटवर्कमा प्रयोग गर्नेगरि बनाईएको हो जून अमेरिकाले लगाएको प्रतिबन्धपछि पहिलो मूख्य फ्ल्यागशिप स्मार्टफोनको रुपमा बजारमा आउन लागेको हो । अमेरिकाले कम्पनीलाई राष्ट्रिय सूरक्षाको कारणले प्रतिबन्ध लगाएको बताउँदै आएको छ भने ह्वावेले सो आरोप अस्विकार गर्दै आएको छ ।

गूगलका प्रवक्ताले रोयटर्ससँग कुरा गर्दै अमेरिकी प्रतिबन्धका कारण मेट ३० ले गूगलको लाइसेन्सयुक्त एप्स र सर्भिसहरु प्रयोग गर्न नसक्ने बताएका छन् । हालै अमेरिकी सरकारले ह्वावेलाई थप ९० दिनको लागि अस्थाई राहत दिएको थियो । तर सो राहत मेट ३० जस्तो नयाँ उत्पादनहरुका लागि भने होईन् ।

अमेरिकी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरु ह्वावेलाई बेच्न विशेष लाइसेन्स लिनेपर्ने हुन्छ । तर सो लाइसेन्स अहिलेसम्म कसैलाई दिईएको छैन् ।

गूगलले पनि सो लाइसेन्सको लागि आवेदन गरेको छ र यसअघि कम्पनीले ह्वावेसँग कारोबार गर्न चाहेको बताएको थियो ।
ह्वावेको मेट ३० को लन्च आएसँगै ह्वावेका लागि अनिश्चितता पनि रहेको छ ।

यदि अमेरिकी सरकारले अनुमति दिएको खण्डमा ह्वावेले एन्ड्रोयड ओएस र ईकोसिस्टम निरन्तर प्रयोग गर्ने ह्वावेका प्रवक्ता जोई केलीले बताए । सो नभएको खण्डमा कम्पनीले आफ्नै अपरेटिंग सिस्टम र ईकोसिस्टम विकास गर्ने उनले स्पष्ट पारेका छन् ।

ह्वावेले एन्ड्रोयडको ओपन भर्सन पनि प्रयोग गर्न सक्नेछ तर यूरोपेली बजारका लागि भने गूगलका एप्स यूरोपमा अनुमतिलिएर मात्र प्रयोग गर्न सकिन्छ । यूरोप बाहेकलाई भने लाइसेन्सका लागि कुनै शुल्क छैन् ।

त्यसैले पनि विश्लेषकहरुले यूरोपेली बजारमा ह्वावेले आफ्नो व्यवसाय कायम राख्न गूगलको एन्ड्रोयड प्रयोग गर्नु आवश्यक हुने बताउँदै आएका छन् ।

ह्वावेले यो महिनाको शुरुवातमा नै आफ्नो नयाँ मोबाइल अपरेटिंग सिस्टम हार्मोनी लन्च गरेको थियो तर सो अझै एन्ड्रोयडको विकल्पको रुपमा भने आउनसक्ने अवस्थामा छैन् ।

स्रोत

Global Bank
easy care

प्रकाशित: १२ भाद्र २०७६, बिहीबार