निनटेण्डोको सफल गेम मारियो कार्ट टूर सेप्टेम्बर २५ मा आउने, प्रि रजिस्ट्रेशन शुरु

Technology Khabar १२ भाद्र २०७६, बिहीबार

निनटेण्डोको सफल गेम मारियो कार्ट टूर सेप्टेम्बर २५ मा आउने, प्रि रजिस्ट्रेशन शुरु

काठमाडौं ।

काठमाडौं । गेमिंग कम्पनी निनटेन्डोको सफल रहेको फ्रेन्चाईज मारियो कार्टको नयाँ भर्सन लन्च हुने मिति तय भएको छ । मारियो कार्ट टूर यसअघि सन् २०१८ मा घोषणा भएको थियो भने यो स्प्रिंग सिजनका लागि ल्याउने तयारी भएको थियो ।

बेटा भर्सनमा यसअघि देखिएको सो मारियो कार्ट टूर सेप्टेम्बरमा लन्च हुने पक्का भएको हो । कम्पनीले आफ्नो ट्विटर एकाउन्टबाट मारियो कार्ट टूर यहि सेप्टेम्बर २५ मा आईओएस र एन्ड्रोयडमा लन्च हुने जानकारी दिएको छ ।

निनटेण्डोले मारियो कार्टका लागि छुट्टै ट्विटर ह्याण्डल पनि बनाएको छ र सोहि मार्फत जानकारी दिएको हो । यसैबिच घोषणाका साथमा एन्ड्रोयड यूजर्सले गेमका लागि प्रि रजिस्टर गर्न सक्नेछन भने आईओएस एप स्टोर यूजर्सले भने सो एपको लागि प्रि अर्डर गर्नसक्नेछन् ।

निनटेण्डोले लन्च गरेको प्राइभेट बीटा भर्सनको आधारमा गेम्स मेकानिक्स केहि आउटलेटहरुमा उपलब्ध हुने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: १२ भाद्र २०७६, बिहीबार

ताजा समाचार