Technology Khabar १२ भाद्र २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभोले भी सिरिजको नयाँ फ्ल्यागशिप स्मार्टफोन भी १७ प्रो (Vivo V17 Pro) ल्याउने तयारी गरेको छ । कम्पनीले भीभो भी१५ प्रोको सफलतापछि आफ्नो अपग्रेडेड भर्सनको स्मार्टफोन भी १७ प्रो ल्याउन लागेको हो ।
भी सिरिजको नयाँ स्मार्टफोन क्यामरा सेन्ट्रिक फोनको रुपमा बजारमा आउने बताईएको छ ।
हालै भारतीय कलर्स टिभीले बिगबोस सिजन १३ को प्रोमो रिलिज गरेको छ जसमा सो कार्यक्रमका प्रस्तोता कलाकार सलमान खानले हातमा भीभोको नयाँ स्मार्टफोन बोकेको देखिएको छ । प्रोमोमा फोनको ह्वाइट रियर प्यानल मात्र देखिएको छ र यसबाट भीभो भी १७ प्रो ले रियालिटी शोलाई आधिकारीकरुपमा स्पोन्सर गर्न लागेको अनुमान गरिएको छ ।
सो ट्रेलरमा पुरा डिभाइस देखाईएको छैन तर भिडियोको अन्त्यमा भने भीभो भी १७ प्रो प्रिजेन्टस बिगबोस १३ भन्ने सुनिन्छ ।
हालसम्म कम्पनीले आफ्नो नयाँ स्मार्टफोनको बारेमा कुनै जानकारी दिएको छैन् । बिगबोसको भारतीय संस्करण भने सेप्टेम्बरमा शुरु हुनेछ र संभवत यो स्मार्टफोन पनि रियालिटी शो शुरु हुनुभन्दा पहिले नै लन्च हुनसक्नेछ ।
Get ready to hop on to the #BB13 entertainment express along with @Vivo_India ek dum fatafat! ????#BiggBoss13 Coming soon! @BeingSalmanKhan pic.twitter.com/7wgmsxqKgt
— ColorsTV (@ColorsTV) August 24, 2019
भीभो भी सिरिज कम्पनीको फोटोग्राफीक सेन्ट्रिक स्मार्टफोन सिरिज हो । भी १७ प्रो भी १५ प्रोको अपग्रेडेड भर्सनको रुपमा आउनेछ ।
रिपोर्टहरुका अनुसार भीभो भी १७ प्रोमा ड्यूल पप अप सेल्फी क्यामरा हुनसक्ने । त्यसैगरि यसमा भी १५ प्रोको भन्दा फरक क्वाड क्यामरा सेटअप हुनसक्ने अनुमान गरिएको छ ।
भारतीय बजारलाई ध्यानमा राखेर कम्पनीले रियालिटी शो स्पोन्सर गरेको हुँदा कम्पनीले संभवत भी १७ प्रो स्मार्टफोन भारतमा फस्ट लन्च गर्नसक्ने अनुमान छ । एजेन्सी
प्रकाशित: १२ भाद्र २०७६, बिहीबार