नेपाल टेलिकमको इन्टरनेट सेवा प्रति एमबी ३ पैसामा उपलब्ध, २८ दिनसम्म २८ जीबी डाटा पाईने

Technology Khabar १० भाद्र २०७६, मंगलवार

नेपाल टेलिकमको इन्टरनेट सेवा प्रति एमबी ३ पैसामा उपलब्ध, २८ दिनसम्म २८ जीबी डाटा पाईने
फाइल

काठमाडौं । नेपाल टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा रहेको टेलिकमले उल्लेख गरेको छ ।

यो सुविधा लिनका लागि अ‌ंग्रेजीमा वानडिवानजी (1D1G) लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्ने बताईएको छ ।

यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ । यो सेवा हासिल गर्न अ‌ंग्रेजीमा सेभेनडिसेभेनजी (7D7G) लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्नेछ ।

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति अ‌ंग्रेजीमा ट्वान्टीएटडीट्वान्टीएटजी (28D28G) लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्ने कम्पनीको भनाई छ ।

नेपाल टेलिकमको वेबसाइट https://www.ntc.net.np/pages/view/latestoffers मार्फत तथा कम्पनीको एप नेपाल टेलिकमबाट पनि यस सम्बन्धी जानकारी प्राप्त गर्न र प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित: १० भाद्र २०७६, मंगलवार

Comments are closed.

Loading...