वनप्लसले भारतमा स्थापना हुने अनुसन्धान केन्द्रमा १ हजार करोड भारु लगानी गर्दै

Technology Khabar १० भाद्र २०७६, मंगलवार

वनप्लसले भारतमा स्थापना हुने अनुसन्धान केन्द्रमा १ हजार करोड भारु लगानी गर्दै

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर वनप्लसले आफ्नो पहिलो अनुसन्धान तथा विकास सेन्टर भारतको हैदराबादमा खोल्ने योजना घोषणा गरेको छ । कम्पनीले पहिलो पटक आफ्नो आर एण्ड डि सेन्टर खोल्न लागेको हो ।

सो रिसर्च सेन्टर कम्पनीको सबैभन्दा ठूलो रिसर्च सेन्टरको रुपमा हुने बताईएको छ । सो सेन्टरमा विशेषगरि आर्टिफिशियल इन्टेलिजेन्स र मशिन लर्निङ्गको बारेमा हुनेछ जसको लागि कम्पनीले १ हजार करोड भारु लगानी गर्नेछ ।

वनप्लस आर एण्ड डि सेन्टरलाई तीन खण्डमा विभाजन गरिनेछ । जसअन्तरगत पहिलो खण्डमा क्यामरा ल्याब हुनेछ भने अर्को खण्डमा कम्यूनिकेसन्स÷नेटवर्क ल्याब र तेस्रोमा भने अटोमेसन ल्याब हुनेछ ।

समग्रमा भन्दा ५जीको विकास, अक्सिजन न्याटिभ एप्स, ग्लोबल प्रडक्ट डेभलपमेन्ट र सफ्टवेयर परक्षिणको काम सो सेन्टरमा हुनेछ । सो केन्द्रले भारतीय बजारका लागि विशेषरुपमा डिजाइन गरेको अक्सिजन अपरेटिंग सिस्टम विकास गर्नेछ जून आगामी दिनमा ५जी अनुसन्धानको लागि मूख्य हबको रुपमा हुनेछ ।

पछिल्ला दिनहरुमा विभिन्न चिनियाँ कम्पनीहरुले भारतमा लगानी गरिरहेका छन् । उनीहरुले उत्पादनमूलयक उद्योगमा मात्र नभई अनुसन्धानको क्षेत्रमा पनि लगानी गरेका छन् । केहि समयअघि माात्र वनप्लसको माउ कम्पनी ओपोले भारतमा निकै ठूलो अनुसन्धान केन्द्र स्थापना गरेको थियो भने भीभोले पनि गत साता मात्र भारतमा लगानी गर्ने घोषणा गरेको थियो ।

हैदराबाद वनप्लसका लागि एउटा तिब्रगतिमा विकास भईरहेको बजारहरुमध्ये एक हो । यहाँ यूजर आधार बढिरहेको छ भने कम्पनीको उपस्थिती अफलाइनमा पनि बिस्तार भईरहेको छ । छिटै यहाँका स्थानिय समुदायले आफ्नै वनप्लस अनुभव हासिल गर्ने स्टोरहरुमा पहुँच पाउनेछन्, कम्पनीको प्रेस विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले आगामी केहि साताभित्रै भारतमा वनप्लस सेभेन टी लन्च गर्ने तयारी गरिरहेको छ । एजेन्सी

easy care

प्रकाशित: १० भाद्र २०७६, मंगलवार

ताजा समाचार