चार्डपर्वको अवसरमा बजाज इन्ट्रासीटीले ल्यायो “दिमाग डामाडोल” क्याम्पेन

Technology Khabar ९ भाद्र २०७६, सोमबार

चार्डपर्वको अवसरमा बजाज इन्ट्रासीटीले ल्यायो “दिमाग डामाडोल” क्याम्पेन

काठमाडौं ।

काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनी प्रा.लि.ले दशैं, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ ।

सो योजनाअन्तर्गत बजाज आरइेमार्फत अधिक खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरुले अधिक फाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ ।

यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रि मा ३२ इन्च सामसङ्ग टिभी पाउँनका साथै ४० हजार किमी सम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि ए.एम.सी. प्राप्त गर्ने कम्पनीले जानकारी दियो । साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बिमा र ५ लाखको स्वास्थ्य बिमा प्राप्त गर्ने कम्पनीको भनाई छ ।

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडपर्वले मानिसमा उत्साह, उमंग तथा आशा लिएर आएको हुन्छ । यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयास पनि हो । हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुसी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुसी छौं ।’

Global Bank
easy care

प्रकाशित: ९ भाद्र २०७६, सोमबार

ताजा समाचार