रेनो गाडिमा ‘रेनो शुभ दिन छ’ स्किम संचालन, गाडी किन्दा ५ लाखसम्मको नगद छुट

Technology Khabar ९ भाद्र २०७६, सोमबार

रेनो गाडिमा ‘रेनो शुभ दिन छ’ स्किम संचालन, गाडी किन्दा ५ लाखसम्मको नगद छुट

काठमाडौं ।

काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोवाइल प्रालिले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् ।

यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर “अब रेनोसँग हरेक दिन शुभ दिन” भन्ने नारा सहित सार्वजनिक गरिएको हो ।

हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु पाउन सक्नेछन् । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्स्योरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने बताईएको छ ।

easy care

प्रकाशित: ९ भाद्र २०७६, सोमबार

ताजा समाचार