बझाङका सबै ठाउँमा टेलिफोनको पहुँच, फोरजी सेवा समेत बिस्तारका लागि सर्भे सम्पन्न

Technology Khabar ९ भाद्र २०७६, सोमबार

बझाङका सबै ठाउँमा टेलिफोनको पहुँच, फोरजी सेवा समेत बिस्तारका लागि सर्भे सम्पन्न
Global IME Bank

काठमाडौं ।

काठमाडौं । बझाङका सबै ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गए पछि नेपाल टेलिकमले सेवा विस्तार गर्दै लगेको हो ।

टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा बझाङमा ग्राहक संख्या ९० हजारभन्दा बढी पुगिसकेका छन् । स्काई फोन प्रयोगकर्ता ३६ हजार र नमस्ते प्रयोगकर्ता लगभग ५० हजार रहेका छन ।

त्यस्तै, नमस्ते पोष्टपेड प्रयोगकर्ताको संख्य ५ हजार पुगेको छ भने स्काई पोष्टपेड प्रयोगकर्ताको संख्या १ हजार ५ सय पुगेको छ ।टेलिकमले बझाङमा आफ्ना १८ वटा टावरमार्फत सेवा प्रदान गरिरहेको छ । थप २ वटा टावर निर्माणको अन्तिम चरणमा पुगेको छ ।

मष्टा गाउँपालिकाको ढुङ्ग्राकोट र केदारस्युँ गाउँपालिकाको बाँझ स्युँकोटमा टावर निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन उक्त दुई टावर सञ्चालनमा आएपछि जिल्लाभर २० वटा टावरबाट सेवा प्रदान गरिने भएको छ । टेलिकमकाअनुसार बैतडी र बझाङको सिमाना जलजलाबाट समेत सेवा दिने भएको छ ।

त्यस्तै, बझाङका लागि प्रमुख टावरको रूपमा रहेको केदारस्युँ गाउँपालिकाको केदार र खप्तडछान्नामा रहेका बान्ता टावरको पनि स्तरोन्नति गरिने भएको छ । टावर जीर्ण हुँदै गएको र सोलार पुरानो भएकाले उक्त टावरमा सोलार र अन्य केही उपकरण पनि थप गरिने भएको छ ।

छविसपाथिभेराको लेकगाउँमा रहेको टावर बाहेक अरु सबै टावर सोलारबाट सञ्चालन हुँदै आएका छन् ।

नेपाल टेलिकम बझाङका सहायक अधिकृत बमबहादुर सिंहका अनुसार जिल्लामा सञ्चालित सबै टावरहरुबाट इन्टरनेटको लागि ‘फोर जी’ सेवा समेत विस्तार गरिने भएको छ । फोरजी सञ्चालनका लागि सबै टावरहरूमा सर्भे भइसकेको सिंहले बताए ।

Sajilo Visa

प्रकाशित: ९ भाद्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार