स्मार्टफोन निर्माता ओपोद्वारा ईन्टेल र एरिक्सनसंग पेटेन्ट डिल, ग्लोबल बिजनेसलाई बढावा पुग्ने भनाई

Technology Khabar ९ भाद्र २०७६, सोमबार

स्मार्टफोन निर्माता ओपोद्वारा ईन्टेल र एरिक्सनसंग पेटेन्ट डिल,  ग्लोबल बिजनेसलाई बढावा पुग्ने भनाई
Global IME Bank

काठमाडौं ।

काठमाडौं । ओपोले ईन्टेलसंग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ वटा प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ । साथै, ओपोले एरिक्सनसंग ५ सय भन्दा बढीको संख्यामा अमेरिका, यूरोप, चीन र भारत लगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकारपनि खरिद गरेको छ ।

वैश्विक बजारमा आफ्नो ब्यवसाय बृद्धिका लागि अग्रसर ओपोलाई ईन्टेल र एरिक्सनसंगको कम्यूनिकेशन प्याटेन्ट्स सुरक्षण सम्झौता मार्फत प्राविधिक विकास क्षमता बृद्धिका लागि थप गति मिल्ने देखिन्छ ।

सन् २०१९ सम्ममा ओपोले विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा फाइभजी प्याटेन्ट लागु गरिसकेको छ । फाइभजी मानक विकासकर्ता मध्येकै एक अग्रणी योगदानकर्ताका रुपमा कम्पनीले फाईभजी प्रविधिसंग सम्बन्धित २ हजार २ सय भन्दा बढी ग्लोबल प्याटेन्ट फ्यामिलिज निवेदन र थ्रीजीपीपी सम्बन्धित २ हजार ६ सय भन्दा बढी प्राविधिक पेपर्स पेश गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

जुलाई २०१९ सम्म नियाल्दा ओपोले फाईभजी प्याटेन्ट स्पेसमा आफ्नो दरिलो उपस्थिती जनाउँदै ईटीएसआई सामु ६०० प्याटेन्ट फ्यामिलिजको खुलाशा गरिसकेको छ ।

बौद्धिक सम्पत्तिको अधिकारलाई ओपो सम्मान गर्छ र प्याटेन्टको स्वामित्व पाउन तथा संकलन गर्ने कार्यलाई विशेष महत्व दिन्छ, ओपोले प्रेस विज्ञप्तिमा भनेको छ ।

सन् २०१९को जुलाई ८ सम्ममा ओपोले वैश्विक स्तरमा ३७ हजार भन्दा बढी प्याटेन्ट निबेदन दर्ता गरिसकेको छ जसमध्य ३१ हजार ओटा (करिव ८५ प्रतिशत) आविष्कार सम्बन्धित प्याटेन्ट रहेका छन् । ती मध्ये कम्पनीले ११ हजार प्याटेन्टको स्वामित्व समेत हात पारिसकेको जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ९ भाद्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया