वनप्लसले आफ्नो टिभी ब्राण्ड सेप्टेम्बरमा भारतमा लन्च हुने, यस्तो छ वनप्लस टिभीको फीचरहरु

Technology Khabar ७ भाद्र २०७६, शनिबार

वनप्लसले आफ्नो टिभी ब्राण्ड सेप्टेम्बरमा भारतमा लन्च हुने, यस्तो छ वनप्लस टिभीको फीचरहरु
Classic Tech
Nepal Telecom

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी वनप्लसले आफ्नो पहिलो टिभी आगामी महिना लन्च गर्ने तयारी गरेको छ । कम्पनीले वनप्लस टिभी नाममा ल्याउन लागेको पहिलो टिभी ५५ इन्चको क्यूएलईडी डिस्प्लेसहितको हुनेछ ।

हाल सो टिभीको बारेमा थप जानकारीहरु बाहिर आएका छन् । गूगल प्ले डेभलपर कन्सोलमा हालै देखिएको जानकारीअनुसार सो टिभीको कोडनेम डोसा राखिएको छ । सो टिभी मिडियाटेक एमडी ५६७० चीपसेटका साथमा माली जी५१ जीपीयू रहनेछ ।

वनप्लस टिभीमा ३ जीबी र्याम हुनेछ भने एन्ड्रोयड पाईमा आधारित हुनेछ । यो टिभीको रिजोलूशन १०८० पी हुनेछ तर यसको मेनूमा आवश्यकताअनुसार फोरकेमा जान सकिने सुविधा हुनेछ ।

यो टिभीमा सुधार गरिएको एन्ड्रोयड टिभीमा अधारित यूजर इन्टरफेस हुनेछ । यसबाहेक वनप्लस स्माटएफोन यूजर्सका लागि फोनबाट सिधै वनप्लस टिभीमा टेक्स्ट गर्ने सुविधा हुनेछ ।

तर यो वनप्लस टिभी शाओमीको एमआई टिभी जस्तो बजेट सेगमेन्टको टिभी भने हुनेछैन् । यो फ्ल्यागशिप प्रिमियम टेलिभिजनको रुपमा बजारमा आउने छ । तर यो टिभी सामसंग र सोनीको टिभी सेटहरुभन्दा केहि सस्तो हुनेछ ।

वनप्लसले आफ्नो टिभी सबैभन्दा पहिले भारतमा लन्च गर्नेछ भने त्यसपछि मात्र अन्य देशहरुमा लन्च गर्नेछ । एजेन्सी

TK Viber

प्रकाशित: ७ भाद्र २०७६, शनिबार

Comments are closed.

Loading...