इन्जिनियहरुले बनाए प्रदुशित हावा शुद्ध पार्ने रोबोटिक रुख, ३६८ वटा रुखको बराबर काम गर्ने

Technology Khabar ७ भाद्र २०७६, शनिबार

इन्जिनियहरुले बनाए प्रदुशित हावा शुद्ध पार्ने रोबोटिक रुख, ३६८ वटा रुखको बराबर काम गर्ने
NTC_Advt

काठमाडौं । कार, कारखाना र ज्वालामुखीबाट हुने प्रदुषणलाई कम गर्नका लागि मेक्सिकोका इन्जिनियरहरुले रोबोटिक रुख तयार गरेका छन् । मेक्सिकोको राजधानी बेलाबखतमा प्रदुषणबाट समस्याग्रस्त हुने गरेको छ जसमा कार, कारखाना र ज्वालामुखीबाट हुने प्रदुषण मुख्य कारक रहेको छ ।

यसैलाई ध्यानमा दिएर बायोमिटेक कम्पनीले बायोअर्बन रोबोटिक रुख नामक कृतिम रुख बनाएका छन् । प्रोटोटाइप मोडलको रुपमा तयार गरिएको यो आर्टिफिशियल रुखले प्राकृतिक रुखको जस्तै काम गर्दछ ।

यो आर्टिफिशियल रुखले वायुमण्डलबाट प्रदुशित हावालाई ग्रहण गरेर शुद्ध हावा छोड्दछ । यो विशेषगरेर सिटिजन, साइकिलिस्ट र पैदलयात्रुहरुका लागि स्वच्छ र स्वस्थ वातावरण दिन सहयोगी हुनसक्नेछ ।

बायोअर्बन रोबोटिक रुखमा विशेष किसिमको सिस्टम छ जसले प्रदुषित हावालाई ग्रहण गरेर प्रविधिको माध्यमबाट हावालाई शुद्ध बनाएर पुन छोड्दछ । यसले प्राकृतिक रुखहरुको जस्तै काम गर्दछ । यो कृतिम रुखले करिब २,८९० जना मानिसहरुलाई शुद्ध हावा बनाउन सक्षम रहेको छ ।

करिब मीटर अग्लो यो रुखको पुरै संरचना मेटलद्धारा बनाईएको छ । यो रुखले ल्याबमा तयार पारिएको माइक्रो एलगीको सहयोगबाट प्रदुषित हावालाई सफा गर्दछ र ३६५ दिन नै फोटोसेन्थिसिस प्रकृयाको सहयोगबाट शुद्ध र स्वच्छ हावा छोड्दछ ।

यो कृतिम रुख बनाउने इन्जिनियरहरुका अनुसार यो रुखले कुल ३६८ प्राकृतिक रुखहरुको बराबर काम गर्न सक्दछ ।

यी सबै विशेषता भए पनि यसलाई प्राकृतिक रुप प्रतिस्थापन गर्न नभई प्राकृतिक रुखहरुलाई थप सहयोग गर्न डिजाइन गरिएको हो । यसलाई विशेषगरि ती क्षेत्रहरुमा लगाईनेछ जहाँ पैदलयात्रु, साइकलयात्रु र सार्वजनिक यातायातको संख्या निकै धेरै रहेको छ ।

हाल सो कृतिम रुख मेक्सिकोको प्यूब्लामा जडान गरिएको छ । यो प्रोजेक्टको संभावित लागत करिब ६० लाख रुपैयाँ जति पर्ने बताईएको छ । एजेन्सी

प्रकाशित: ७ भाद्र २०७६, शनिबार