टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडरमा स्वस्तिमा खड्का र प्रदीप खड्का

Technology Khabar ७ भाद्र २०७६, शनिबार

टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडरमा स्वस्तिमा खड्का र प्रदीप खड्का

काठमाडौं ।

काठमाडौं । टिभिएस मोटर कम्पनीले कलाकारहरु स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर अनुमोदन गरेको छ । टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रा.लि.द्वारा ब्राण्ड एम्बेसेडरको घोषणा गरिएको छ ।

जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लेटफर्म– TVS SmartXonnect छ र यो नेपालमै पहिलो कनेक्टेड स्कुटर हो । यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको छ र यसमा स्टेट–अफ–आर्ट CVTi-REVV 3 भल्भ इन्जिन रहेको छ ।

सहकार्यको बारेमा आर दिलिप, एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनल बिजनेस अफ टिभिएस मोटर कम्पनीले भने, ‘हामीले अघिल्लो वर्ष नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्राण्ड चाँडै नेपालमा सबैभन्दा तीव्र गतिमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको छ । स्टार स्वस्तिमा र प्रदीप देशको युवा आकांक्षाको प्रतिक हुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्नेछ ।’

जगदम्बा मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘हाम्रो लोकप्रिय ब्राण्ड–टिभिएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । हामीले उनीहरुसँगको यात्रा अद्भुत रहने आशा गरेका छौं ।’

टिभिएस एनटर्क १२५ मा नयाँ जेनेरेशनको CVTi-REVV 124.79cc, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल SOHC इन्जिन रहेको छ जसले 6.9kW@7500 rpm / 9.4 PS @7500 rpm र 10.5 Nm@5500 rpm टर्न गर्दछ । इन्जिनमा भएको थप भल्भहरुले प्रदर्शन उच्च बनाउन मद्दत गर्दछ र एक्जस्ट नोटमा साथ प्रति घण्टा ९५ किलो मिटरको उच्च गति दिन्छ ।

स्कुटरमा टिभिएस SmartXonnect, ब्लुटुथ इनेबल्ड प्रविधि रहेको छ जुन एनटर्क मोबाइल एपसँग जोडिएको छ र गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ ।

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टिभिएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलईडी टेल ल्याम्प सहित एग्रेसिभ स्टाईललाई मुर्तरुप दिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ भाद्र २०७६, शनिबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार