अपटेड समाचार

तीनवटा स्मार्टफोन ब्राण्ड मिलेर फाइल शेयरिंग फीचर बनाउँदै, तिब्रगतिमा फोटो र भिडियो पठाउन सकिने

काठमाडौं । तीन चिनियाँ स्मार्टफोन मेकर कम्पनीहरु ओपो, भीभो र शाओमी मिलेर क्रस ब्राण्ड फाइल शेयरिंग फीचर तयार गर्न लागेका छन् ।

यो फीचरको सहयोगबाट बिना कुनै थर्ड पार्टी एप तीनवटै कम्पनीका स्मार्टफोन यूजरले एक आपसमा तिब्र गतिमा मिडिया फाइलहरु आदानप्रदान गर्न सक्नेछन् । यो वनस्टेप फाइल ट्रान्सफर फीचर एमआईयूआई, कलरओएस र फनटचओएसमा आधारित फोनहरुमा कामगर्नेछ । यूजर्सका लागि यो फीचर कहिलेसम्म आउँछ भन्ने जानकारी छैन् ।

एमआईयू कलरओएस र फनटचओएस मिलेर चिनियाँ सोसल मिडिया साइट वेबोमा आफ्नो अफिशियल पोस्टमार्फत जानकारी दिएका छन् । साथै यो प्रविधिको विशेष फीचरहरुको बारेमा जानकारी समेत दिएका छन कि कसरी यो यूजर्सको स्मार्टफोनका लागि उपयोगी हुनेछ ।

यो नयाँ प्रविधिको फीचरमध्ये डाइरेक्ट फाइल शेयरिंग फीचर हो, यसको अर्थ यो प्रविधिमा फाइल शेयर गर्नका लागि अन्य तेस्रो एपमा निर्भर हुनु पर्नेछैन् ।

तीनवटा ब्राण्ड मिलेर बनाएको यो शेयरिंग फीचरले कयौं किसिमका फाइल फम्र्याट सपोर्ट गर्दछ । ट्राफक वा नेटवर्क नभएको अवस्थामा पनि तिब्र गतिमा फाइल शेयरिंग गर्न सकिने सुविधा दिनेछ ।

हाल शाओमी, भीभो र ओपो मात्र रहेको यो अलाएन्समा अन्य कम्पनीहरुपनि सहभागी हुनसक्ने बताईएको छ ।

यो फीचर ब्लूटूथमा आधारित हुनेछ जसमा २० एमबिपिएसको स्पीडमा फाइल शेयर गर्न सकिनेछ । तर यो फीचर कसरी यूजर्सका लागि उपलब्ध हुन्छ भन्ने थाहा छैन् । एजेन्सी

Cheap Sex Cam Website