माइक्रोसफ्टले एक्सबक्स गेमरहरुको कुराकानी सुन्ने कार्य बन्द गर्यो

Technology Khabar ७ भाद्र २०७६, शनिबार

माइक्रोसफ्टले एक्सबक्स गेमरहरुको कुराकानी सुन्ने कार्य बन्द गर्यो

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आफ्ना एक्सबक्स यूजर्सलाई सुन्ने कार्यलाई बन्द गर्ने भएको छ ।

कम्पनीले यसअघि आएको गेमरहरुको प्राइभेट कुराकानीहरु सुन्ने गरेको र रेकर्ड गर्ने गरेको सूचना बाहिर आएसँगै कम्पनीले सो प्रकृयालाई रोक्ने भएको हो ।

यसमध्ये अधिकांश सन् २०१४ सम्मका छन जसमा अधिकांश बच्चाहरु रहेका छन् ।

माइक्रोसफ्टले कन्सोलमा भ्वायस कमाण्ड फीचर सुधारको कार्य सकिएको बताएको छ ।

सो घट्ना यसअघि अन्य टेक फर्महरु फेसबुक र गूगललगायतले च्याटको बारेमा सुन्ने गरेको जानकारीसँगै बाहिर आएकोथियो ।

हामीले कयौं महिना अगाडि एक्सबक्समार्फत लिईएका भ्वाइस कन्टेन्टलाई रिभ्यू गर्ने प्रकृया रोकेका छौं जुन प्रडक्स सुधारको उद्धेश्यले थियो । अब त्यो निरन्तरता दिन आवश्यक छैन र हामीसँग ती रिभ्यूहरु पुन शुरु गर्न कुनै योजना छैन्, माइक्रोसफ्टका प्रवक्ताले विज्ञप्तिमार्फत भने ।

माइक्रोसफ्टका कामदारहरुले यसअघि स्काईप कलहरु सुन्नुका साथै कोर्टानाको अडियो रेकर्ड गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको थियो । बीबीसी

Global Bank
easy care

प्रकाशित: ७ भाद्र २०७६, शनिबार

ताजा समाचार