अपटेड समाचार

भीभोले ल्यायो अहिलेसम्मकै सस्तो ५जी स्मार्टफोन, भीभो आईक्यू प्रो को ४जी र ५जी भर्सन दुबै लन्च

काठमाडौं । भीभोले आफ्नो नयाँ ५जी स्मार्टफोन लन्च गरेको छ । कम्पनीले आईक्यू सब ब्राण्डमा नयाँ ५जी स्मार्टफोन चीनमा लन्च गरेको हो ।
सस्तो ५जी स्मार्टफोनको रुपमा भीभो आईक्यू प्रो को ४जी र ५जी भर्सन दुबै लन्च भएको छ।

कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोनमा स्न्यापड्रागन ८५५ प्लस प्रोसेसर राखिएकोछ ।

यो स्मार्टफोनमा ६.४१ इन्चको फूल एचडी प्लस सूपर एमोलेड डिस्प्ले रहेको छ जसका रिजोल्यूशन १०८०x२३४० पिक्सेल छ । फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने एन्ड्रोयड ९ पाईमा आधारित फनटच ओएस ९ मा संचालन हुन्छ ।

फोनमा पावरका लागि ४५०० एमएएचको ब्याट्री प्याकका साथमा ४४ वाटको फास्ट चार्जिंग सपोर्ट रहेको छ।

फोटोग्राफीका लागि सो स्मार्टफोनमा ट्रिपल रियर क्यामरा रहेको छ, जसमा ४८ मेगापिक्सेल प्लस १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको सेन्सर रहेको छ । सेल्फीका लागि फोनमा १२ मोगपिक्सेलको ड्यूल क्यामरा सेटअप छ ।

फोनमा एनएफसी, ३.५ अडियो ज्याक र हाई रेज अडियो पनि रहेको छ । ड्यूल सिम सपोर्ट गर्ने आईक्यू प्रो ५जीको एक स्लटमा ५जी कनेक्टिभिटी सपोर्ट र अर्को स्लटमा ४जी एलटिई सपोर्ट हुनेछ ।

४जी भेरिएन्टमा भने दुबै स्लटमा ४जी कनेक्टिभिटी सपोर्ट रहेको छ ।

हाल चीनमा मात्र उपलब्ध भीभो आईक्यू प्रो ४जी एडिसनको ८ जीबी र्याम १२८ जीबी स्टोरेजको मूल्य ३,१९८ यूआन तोकिएको छ भने १२ जीबी १२८ जीबी भेरिएन्टको मूल्य ३,४९८ यूआन रहेको छ ।

त्यसैगरि ५जी एडिसनको मूल्य ८ जीबी र्याम १२८ जीबी भेरिएन्टको मूल्य ३,७९८ यूआन तथा ८ जीबी २५६ जीबी स्टोरेजको मूल्य ३,९९८ यूआन र १२ जीबी १२८ जीबी स्टोरेजको मूल्य ४,०९८ यूआन तोकिएको छ । एजेन्सी