स्मार्टफोनमा सांकेतिक भाषा बुझ्ने अल्गोरिदम गूगलले बनायो, हातको संकेत पढन सक्ने

Technology Khabar ६ भाद्र २०७६, शुक्रबार

स्मार्टफोनमा सांकेतिक भाषा बुझ्ने अल्गोरिदम गूगलले बनायो, हातको संकेत पढन सक्ने

काठमाडौं ।

काठमाडौं । गूगलले सुन्न र बोल्न नसक्ने व्यक्तिहरुले एक आपसमा कुराकानी गर्न प्रयोग गरिने सांकेतिक भाषाको व्याख्या स्मार्टफोनले गर्न सक्ने बनाएको बताएको छ ।

गूगलले हालै साइन ल्यांग्वेजलाई स्मार्टफोनका लागि व्याख्या गर्न सक्ने र ठूलो स्वरमा पढ्नसक्ने प्रविधि विकास गरेको हो । कम्पनीले आफैंले त्यसको लागि कुनै एप नबनाएको तर आफूले बनाएको अल्गोरिदम सार्वजनिक गरेको छ ।

गूगलले सो अल्गोरिदम आगामी दिनमा आफ्न एप्स बनाउन चाहने डेभलपरहरुका लागि सहयोगी हुने अपेक्षा गरेको छ ।

अहिलेसम्म सो प्रकारको सफ्टवेयरले केबल पर्सनल कम्प्यूटरमा मात्र गर्नेछ । हियरिंग इम्पेयर्ड कम्यूनिटीका अभियानकर्ताहरुले सो कदमको स्वागत गरेका छन र पूर्णरुपमा सो प्रविधिमार्फत कुराकानी गर्न थप संघर्ष गर्नुपर्ने बताएका छन् ।

गूगल रिसर्च इन्जिनियरद्धय भालेन्टाइन बाजारभ्सस्की र फान झांगले सो टेक्नोलोजी प्रकाशित गर्नुको अर्थ साइन ल्यांग्वेजलाई बुझ्ने आधार तयार गर्नु भएको बताएका छन् ।

सो प्रविधि इमेज सफ्टवेयर कम्पनी मिडिया पाईपसँगको सहकार्यमा सिर्जना गरिएको हो ।

गूगलले सो विषयमा अनुसन्धान निरन्तर गरिरहने र जेस्चरहरुको संख्या बढदै जाने उल्लेख गरेको छ । यो पहिलो कदम भएको गूगलको भनाई छ ।

तर यसको आधारमा बन्ने एपमा फेसियल एक्सप्रेसनहरु वा साइनको गतिको फरक अर्थ लाग्नसक्ने संभावना पनि हरेको औंल्या ईएको छ भने स्थानिय तहमा बोलिने सांकेतिक भाषाहरु यसमा राखिएको छैन् । बीबीसी

easy care

प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार