हुण्डाईको ‘भेन्यू’ नेपाली बजारमा सार्वजनिक

Technology Khabar ६ भाद्र २०७६, शुक्रबार

हुण्डाईको ‘भेन्यू’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ गाडी ‘भेन्यू’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

हुण्डाईले भेन्यूलाई नेपाली बजारमा ३ भिन्न इन्जिन अप्सनमा उपलब्ध गराएको छ । जसमा १.२ लिटर पेट्रोल इन्जिन, १.४ लिटर डिजल इन्जिन र १.० टर्बो पेट्रोल इन्जिनमा उपलब्ध छ । इन्जिनमा भएको कप्पा डुअल टेक्नोलोजिको सहायताले सर्वाधिक पावर जेनेरेट गर्नेछ । भेन्यूले ७ स्पीड डिसिटीको उपलब्धता पनि प्रदान गर्ने छ ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाई भेन्यूले बजारमा आफ्नो सशक्त उपस्थिति जनाउने कम्पनीको दावी रहेको छ ।

हुन्डाइ भेन्यू स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल ले सुसज्जित छ । यसको आर१६ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिनेछ ।

भेन्यूमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ । जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्ट सहितको लेड लाइट विशेष छन् । उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यूमा नवीनतम विशेषताहरु रहेका छन् । रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेको छ ।

भेन्यूका थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ ।

विभिन्न ७ वटा मोडलमा उपलब्ध भेन्यूको बजारमूल्य न्यूनतम ३४ लाख ९६ हजार रुपैयाँ देखि ५५ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ ।

कम्पनीले उक्त गाडिको खरिदमा दशैँ अफर समेत ल्याएको छ । सो गाडि खरिद गर्दा दशैं अफर अन्तरगत १ लाख २० हजार रुपैयाँ छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार