कास्परस्की एन्टिभाइरसको २०२० भर्सन बजारमा, कम्प्यूटरदेखि स्मार्टफोनसम्मका लागि सेक्यूरिटी दिने

Technology Khabar ४ भाद्र २०७६, बुधबार

कास्परस्की एन्टिभाइरसको २०२० भर्सन बजारमा, कम्प्यूटरदेखि स्मार्टफोनसम्मका लागि सेक्यूरिटी दिने
Classic Tech
Nepal Telecom

काठमाडौं । एन्टिभाइरस कम्पनी कास्परस्की ल्याबले नेपाली बजारमा नयाँ भर्सनको एन्टिभाइरस सार्वजनिक गरेको छ ।

कास्परस्कीको नेपालका लागि आधिकारीक बितरक सागर नेटवर्कले मंगलबार एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि नेपाली बजारमा कास्परस्की २०२० भर्सन सार्वजनिक भएको घोषणा गरेको छ ।

कम्पनीले कास्परस्की एन्टिभाइरस, विण्डोज, एन्ड्रोयड, र म्याकका लागि कास्परस्की इन्टरनेट सेक्यूरिटी, कास्परस्की इन्टरनेट सेक्यूरिटी एन्ड्रोयड, कास्परस्की टोटल सेक्यूरिटी, र कास्परस्की सेक्यूरिटी क्लाउड रहेका छन् ।

सन् २०२० भर्सनमा यी सबै प्रडक्टहरुमा नयाँ फिचरहरु, अपडेटहरु उपलब्ध रहेका छन जसले फास्ट, सेक्योर र सेफ नेटवर्क प्रदान गर्ने बताईएको छ ।

यो वर्ष कास्परस्कीले नेटवर्कमा हुने छेडखानीलाई पूर्णरुपमा बन्द गर्ने गरी सुरक्षित पारेको छ, त्यसैगरि आरएटीस एका रिमोट एक्सेस टूललाई निस्तेज पार्न समेत कास्परस्कीको नयाँ भर्सनमा यूजरलाई ढुक्क बनाउने गरि अपटेड गरिएको छ ।

यसबाहेक नयाँ भर्सनमा लोकप्रिय प्रोग्रामहरु जस्तै माइक्रोसफ्ट अफिसलगायतमा हुने जोखिमहरु कम गर्न पनि प्रोटेक्सनमा सुधार गरिएको छ ।

कम्पनीले यो वर्षको शुरुवातदेखि कास्परस्की प्रडक्ट र सर्भरबिच हुने गतिबिधिलाई इन्क्रिप्टेड बनाएको छ । यसको अर्थ नयाँ भर्सनका साथमा कास्परस्की प्रडक्टले सर्भरमा पठाउने जानकारीहरु कुनैपनि पक्षले तोड्न, हेर्न वा मोडिफाई गर्न सक्नेछैन्।

कास्परस्कीले माई कास्परस्की एकाउन्टमा पनि टू फ्याक्टर अथोन्टिकेसन लागू गरेको छ ।

कम्पनीले एन्टिभाइरस सोलुसनले कम्प्यूटरलाई स्लो बनाउने गरेको विषयलाई ध्यानमा राखेर त्यसमा पनि सुधार गरिएको जनाएको छ ।

TK Viber

प्रकाशित: ४ भाद्र २०७६, बुधबार

Comments are closed.

Loading...