सामसंग ग्यालेक्सी नोट१० को माग गत वर्षको ग्यालेक्सी नोट९ भन्दा दोब्बर बढि, ५जी भर्सनमा धेरै आकर्षण

Technology Khabar ४ भाद्र २०७६, बुधबार

सामसंग ग्यालेक्सी नोट१० को माग गत वर्षको ग्यालेक्सी नोट९ भन्दा दोब्बर बढि, ५जी भर्सनमा धेरै आकर्षण
NTC_Advt

काठमाडौं । सामसंगले भर्खरै लन्च गरेको आफ्नो फ्ल्यागशिप डिभाइस ग्यालेक्सी नोट १० को माग कम्पनीको गृह देशमा निकै उत्साहप्रद देखिएको छ ।

दक्षिण कोरियामा शुरु भएको प्रि-अर्डरमा यसअघिको गत वर्ष सार्वजनिक ग्यालेक्सी नोट ९ भन्दा दोब्बर बढि माग भएको छ । अगस्ट ९ देखि प्रि-अर्डरका लागि उपलब्ध सो डिभाइसको शिपिंग कम्पनीले यहि शुक्रबारदेखि गर्नेछ ।

करिब ११ दिनको प्रि-अर्डरको अवधिमा सामसंगले ग्यालेक्सी नोट १० र नोट १० प्लसको लागि १३ लाख यूनिटको प्रि-अर्डर पाएको छ । यसमध्ये सबैभन्दा लोकप्रिय डिभाइसको रुपमा ग्यालेक्सी नोट१० प्लसको २५६ जीबी स्टोरेज भर्सन रहेको छ भने कलरमा औरा ग्लो कलर अप्सनको माग अधिक छ ।

स्मरणरहोस सामसंगले नोट १० सिरिजको ५जी भर्सन केबल दक्षिण कोरियामा मात्र हाल उपलब्ध गराएको छ ।

कोरियन क्यारियरहरुले सो डिभाइस किन्नका लागि २ लाख ८० हजार कोरियन वनदेखि ४ लाख ५० हजार कोरियन वनसम्मको सब्सिडी दिने अफर ल्याएका छन् । केहि रिटेलरहरुले भने ७ लाख कोरियन वनसम्मको अफर दिईरहेको बताईएको छ ।

दक्षिण कोरियामा ग्यालेक्सी नोट १० को रिटेल मूल्य ११ लाख कोरियन वन तोकिएको छ । एजेन्सी

प्रकाशित: ४ भाद्र २०७६, बुधबार