गूगल प्ले स्टोरका ८५ वटा लोकप्रिय एप्सहरुमा भाईरस, ८० लाख भन्दा बढिपटक डाउनलोड

Technology Khabar ४ भाद्र २०७६, बुधबार

गूगल प्ले स्टोरका ८५ वटा लोकप्रिय एप्सहरुमा भाईरस, ८० लाख भन्दा बढिपटक डाउनलोड
Global IME Bank

काठमाडौं ।

काठमाडौं । गूगलको प्ले स्टोर फेरी एक पटक मालवेयर(भाईरस) आक्रमणको सिकार भएको छ । हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार प्ले स्टोरमा भएका ८५ वटा लोकप्रिय एन्ड्रोयड एप्सहरुमा विज्ञापन देखाउने सफ्टवेयरहरु लुकेर राखिएको भेटिएको छ ।

हालै सार्वजनिक ट्रेण्ड माइक्रोको रिपोर्टअनुसार एन्ड्रोयडओएस_हाईडेनएड डट एचआरएक्सएच(AndroidOS_Hidenad.HRXH) नामक मालवेयरले प्रयोगकर्ताहरुको स्मार्टफोन स्क्रीनमा घुसपैठ गरेर विज्ञापन देखाउने उद्धेश्य राखेको थियो ।

सो मालवेयर गूगलको हस्तक्षेप भन्दा पहिले नै ८० लाख पटक डाउनलोड भईसकेको थियो ।

अगस्ट १६ मा रिलिज भएको रिपोर्टअनुसार ट्रेण्ड माइक्रो सेक्यूरिटी रिसर्चरहरुले प्ले स्टोरमा एडवेयर भनिने नयाँ मालवेयर भेटिएको बताएका थिए । सो मालवेयरले त्यसबाट प्रभावितहरुको स्मार्टफोनमा विज्ञापन देखाउने गूगलको नियमहरुको उल्लंघन गरेको थियो, र त्यसले स्क्रीन स्ट्याण्डबाई हुँदा पनि विज्ञापन देखाउने गर्दथ्यो ।

यस्ता विज्ञापनहरुले यूजर्सलाई उनीहरुको फोन समेत प्रयोग गर्न रोक लगाउने गर्दथ्यो । ट्रेण्ड माइक्रोकाअनुसार केहि प्रभावित स्मार्टफोनहरुमा त त्यस्ता विज्ञापनहरुले गर्दा ५ मिनेट भन्दा पनि बढि फोन प्रयोग गर्न समस्या पार्ने गर्दथ्यो ।

यी गतिबिधिहरुले ह्याकरहरुलाई सो पत्ता लगाउनुभन्दा पहिले छिटो विज्ञापन आम्दानी गर्न सहयोग गरिरहेको थियो । यस्तो एडवेयर मालवेयर यसअघि सन् २०१९ को शुरुवातमा नै आभास्टले पत्ता लगाईसकेको थियो ।

मालवेयर प्रभावित केहि एप्स

ट्रेण्ड माइक्रोले त्यस्ता मालवेयरहरु लुकेर राखिएका एप्सहरुको लिस्ट नै जारी गरेको छ । जसमा सूपर सेल्फी क्यामरा, कोस क्यामरा, पप क्यमरा र वन स्ट्रोक लाइन पजल एप्स रहेका थिए, र प्रत्येक एप दशौं लाख डाउनलोड भईसकेका थिए ।

यस्ता मालेयरयुक्त ८५ वटा एप्सहरुलाई गूगलले तत्काल आफ्नो प्ले स्टोरबाट हटाएको छ । र ह्याकरहरुको आक्रमणमा पर्नुभन्दा पहिले नै आफ्नो स्मार्टफोनलाई अपडेट गरिहाल्न ट्रेण्डमाइक्रोले सुझाव दिएको छ ।

सो मालवेयरले केबल एन्ड्रोयड ओरियो भन्दा पुराना भर्सनका एन्ड्रोयड स्मार्टफोनहरुलाई मात्र असर पारेको थियो । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ भाद्र २०७६, बुधबार