जिएसएमए र एनसेलद्वारा ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ आयोजना

Technology Khabar ३ भाद्र २०७६, मंगलवार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ आयोजना
Classic Tech

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसिएसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिने ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ को आयोजना गरको छ । नेपालमा स्टार्टअप कम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो ।

जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढि सेवा प्रदायकहरु र मोवाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो ।

यो कार्यशाला स्टार्टअपहरुले कसरी मोवाइल सेवा प्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो । यसमा ३० वटा स्टार्टअपका ५० भन्दा बढि प्रतिनिधीेहरुको सहभागीता रहेको थियो ।

स्टार्टअपहरुले नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्टअपहरुले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्टअप र ग्राहकलाई लागि फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन् भनेर जानकारी लिन पाएको कम्पनीेले जानकारी दिएको छ ।

“परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरुले अब मुख्य उत्प्रेरक बनेर दीगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ । टेलिकम कम्पनीहरुका लागि धेरै सम्भावनाहरु रहेका छन् र एनसेल स्टार्टअपहरुसँग साझेदारी गर्न आशावादी छ,” एनसेलका चिफ स्ट्राटेजी अफिसर इरविन एम. युसुफले भने ।

कार्यशालामा जिएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाईरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रुपमा कसरी मोबाइल अपरेटर र स्टार्टअपबीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

उनले जिएसएमएको मोवाइल फर डेभलपमेन्टका टिमहरुले आफ्ना ध्यान केन्द्रित गर्ने १० मुख्य पहलहरु क्लाईमेटटेक, असिस्टिभटेक, मोबाइल फर डेभलपमेन्ट युटिलिटिज्, मोवाइल फर ह्युमेनिटेरियन इनोभेसन, कनेक्टेड सोसाईटी, कनेक्टेड ओमन, डिजिटल आईडेन्टिटी, इकोसिस्टम एसिलेरेटर र एग्रिटेकका बारेमा प्रकाश पारेका थिए । यी पहलहरुका लक्ष्य भनेको मोवाइल प्रविधिका मार्फत विश्वमा असमानता घटाउनु हो । व्ययसायहरुले सामाजिक–आर्थिक विकासमा प्रभाव पर्ने गरी र आफ्नो व्यवसायको उदेश्य पनि परिपुर्ति गर्ने गरी काम गनुपर्ने कुरामा मार्टिनले जोड दिए ।

कारखाना, आईसिटी फर एग्रि, इ-सेवा, सोचवेयर, सारथी, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपाय लगायत स्टार्टअपहरुको कार्यशालामा सहभागीता रहेको एनसेलले जनाएको छ ।

TK Viber

प्रकाशित: ३ भाद्र २०७६, मंगलवार

Loading...