गूगलद्धारा वायरलेस क्यारियरलाई उपलब्ध गराउँदै आएको डाटा सेवा बन्द, डाटा प्राइभेसी मुद्धाको डर

Technology Khabar ३ भाद्र २०७६, मंगलवार

गूगलद्धारा वायरलेस क्यारियरलाई उपलब्ध गराउँदै आएको डाटा सेवा बन्द, डाटा प्राइभेसी मुद्धाको डर

काठमाडौं । अल्फाबेट ईंक अन्तरगतको गूगलले वायरलेस क्यारियरहरुलाई विश्वव्यापीरुपमा प्रदान गर्ने डाटा सेवा बन्द गरेको छ । कम्पनीले हालै एन्ड्रोयड फोन सिस्टमबाट वायरलेस क्यारियरहरुलाई विश्वभर नेटवर्कको कभरेज कमजोर भएको स्पटहरुको बारेमा देखाउने सेवा बन्द गरेको हो ।

गूगलले यूजर्स र नियमनकारी निकायहरुको तारो हुने आशंका गर्दै त्यस्तो सेवा बन्द गरेको हो ।

सो फिर्ता गरिएको सेवाका कारण वायरलेस क्यारियरहरुलाई भने असन्तुष्ट बनाएको छ । क्यारियरहरुले आफ्नो कभरेजलाई बिस्तार गर्न तथा सूधार गर्नका लागि गरिने निर्णय प्रकृयामा सो डाटाहरु प्रयोग गर्दै आएका थिए ।

यदपि ती डाटाहरु असंख्या र सामान्य स्थानहरुमा शेयर गरिने गरिन्थ्यो । तर गूगलको यो कदमले कम्पनी डाटा प्राइभेसीको बारेमा कत्तिको संवेदनशिल छ भन्ने देखाउन खोजेको छ ।

गूगलको मोबाइल नेटवर्क इनसाइट सर्भिस सन् २०१७ मार्चमा लन्च भएको थियो । जून क्यारियरहरुको आफ्नो सेवा भएको क्षेत्रहरुमा सिग्नल सुधार गर्न र कनेक्सनको स्पीड बढाउनका लागि ती नक्साहरुको प्रयोग अत्यावश्यक भएको थियो ।

सो सेवा अपरेसन व्यवस्थापन गर्ने क्यारियरहरु तथा भेण्डरहरुलाई निशुल्क प्रदान गर्दै आएको थियो । त्यस्तो डाटा गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टममा संचालन हुने डिभाइसहरुबाट आउने गर्दथ्यो, जून विश्वभरका स्मार्टफोनहरुमध्ये ७५ प्रतिशत रहेको छ । त्यसैले पनि यो निकै महत्वपूर्ण र मूल्यवान स्रोतको रुपमा रहेको छ ।

गूगलसँग शेयरिंग लोकेसन हिस्ट्री र यूजेज तथा विश्लेषणको अप्सन छनौट गरेका यूजर्सहरुबाट मात्र सो प्रयोग भएको डाटा लिने गरिन्छ । ती डाटाहरु एकिकृत हुने गर्दथे, जसको अर्थ ती डाटाहरु कुनैपनि व्यक्तिगत फोन यूजरको बारेमा कुनैपनि सूचनाहरु प्रदान गर्न नसक्ने किसिमका हुन्थे ।

त्यस्तो डाटामा क्यारियरको आफ्नै सेवा र प्रतिस्पर्धीहरुको सेवा, जसमा कुनैपनि नाम उल्लेख हुँदैन थियो तीसँग सम्बन्धित हुने गरेका थिए ।
गूगलले डाटा प्राइभेसीलाई मध्यनजर गरेर त्यस्तो सेवा गएको अप्रिलमा नै बन्द गरेको थियो ।

गूगलकी प्रवक्ता भिक्टोरिया किओउले पनि सो सेवा बन्द भएको सुनिश्चित गरिन् । ‘हामी यूजर्सका लागि हाम्रा एप्स र सर्भिसेजमार्फत अझै नेटवर्कको कार्यसम्पादन सुधार गरिरहने विषयमा प्रतिबन्ध छौं,’ उनले भनिन् । रोयटर्स

TK Viber

प्रकाशित: ३ भाद्र २०७६, मंगलवार

Loading...