फाइभजी स्मार्टफोनको शिपमेन्ट आगामी वर्ष २०० मिलियन यूनिट पुग्ने अनुमान

Technology Khabar ३ भाद्र २०७६, मंगलवार

फाइभजी स्मार्टफोनको शिपमेन्ट आगामी वर्ष २०० मिलियन यूनिट पुग्ने अनुमान
सांकेतिक तस्बिर

काठमाडौं ।

काठमाडौं । फाइभजी नेटवर्कको विकास र बिस्तार सँगै त्यसको लागि आवश्यक पर्ने डिभाइसहरुको प्रयोग पनि बढ्दै जाने अनुमान गरिएको छ ।

५जी को विकास सुस्त गतिमा परिस्कृत हुँदै जाने चरणमा रहेको छ भने केहि क्षेत्रहरुमा सो नेटवर्क उपलब्ध नै भईसकेको छ ।

५जी नेटवर्कको स्विकारर्यता र प्रयोग अनुमान गरेअनुसार भएको छैन किनकी त्यसको लागि आवश्यक डिभाइसहरु नै निकै कम छ । विशेषगरि ५जी स्मार्टफोनहरु ।

अहिलेसम्म सामसंग, ह्वावे, वनप्लसले मात्र ५जी स्मार्टफोन बजारमा ल्याएका छन भने अन्य कम्पनीहरु पनि प्रतिस्पर्धाको दौडमा छन् । कम्पनीहरुले ५जी नेटवर्क उपलब्ध भएका र हुनसक्ने तयारीमा रहेका क्षेत्रहरुका लागि पनि स्मार्टफोन बनाईरहेका छन् ।

पछिल्लो दिनमा ५जी स्मार्टफोन प्रतिको चासो बढेसँगै विश्लेषकहरुले पनि आफ्नो प्रक्षेपणमा पुन सुधार गर्न लागेका छन् । विशेषगरि चीनमा ५जी नेटवर्कको बिस्तार सँगै उपभोक्ताहरुको आकर्षण पनि ५जी स्मार्टफोनमा देखिएको छ ।

सेक्यूरिटी रिसर्चका गुओताई जुनानले अहिले चीनमा ५जी बेस स्टेशनहरुको अवस्था निधै सुधार भएको बताए । ५जी स्मार्टफोनको विषयमा भने आगामी वर्ष ठूलो मात्रामा ५जी स्मार्टफोनहरुको आदानप्रदान हुने बताएका छन् ।

गुओताईले आगामी वर्ष फाइभजी स्मार्टफोनको शिपमेन्ट पनि बढेर २०० मिलियन नाध्ने विश्वास गरेका छन् । यसअघि केहि विश्लेषकहरुले ५जी स्मार्टफोनको शिपमेन्ट यो वर्ष १ करोड देखि २ करोड यूनिटको बिचमा हुने अनुमान गरेका थिए ।

अन्य केहि फाइभजी स्मार्टफोन मेकरहरु यो वर्षको अन्त्यसम्ममा चिनियाँ बजारमा भित्रिने तयारीमा छन् । एजेन्सी

easy care

प्रकाशित: ३ भाद्र २०७६, मंगलवार