नेपाल चेम्बर अफ कमर्श र मेडिसिटी हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर

Technology Khabar ३ भाद्र २०७६, मंगलवार

नेपाल चेम्बर अफ कमर्श र मेडिसिटी हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरे ।

समझदारीपत्रमा दुबै पक्षले संयुक्त रुपमा व्यवशायीक उत्तरदायित्व सहितको कार्यक्रम गर्ने, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, सदस्य, वस्तुगत, आबद्ध, द्धिराष्ट्रिय, जिल्ला, नगर चेम्बर अफ कमर्शका सदस्य र चेम्बरसँग आबद्ध व्यक्ति हनानुभावहरुलाई मेडिसिटी हस्पिटलको सेवा उपलब्ध भएमा सहुलियतपूर्ण दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ ।

सो अवसरमा आफ्नो धारणा राख्दै मेडिसिटी हस्पिटलका अध्यक्ष डा. महतोले मेडिसिटि एक अभियानको रुपमा स्थापित भएकाले यसमा सबैको सहयोग अपेक्षित रहेको बताए ।

चेम्बरका अध्यक्ष श्रेष्ठले चेम्बरले मेडिसिटीसँग सहकार्य गर्न समझदारी गरेको स्वास्थ्य क्षेत्रमा पहिलो समझदारी पत्र भएको हुनाले यो शुभारम्भबाट स्वास्थ्य सेवाबाट चेम्बरका सदस्य एंव आबद्ध सबै लाभान्वित हुने बताए ।

easy care

प्रकाशित: ३ भाद्र २०७६, मंगलवार