ह्वावेले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न थप ९० दिनको समय पायो

Technology Khabar २ भाद्र २०७६, सोमबार

ह्वावेले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न थप ९० दिनको समय पायो

काठमाडौं ।

काठमाडौं । अमेरिकाको कमर्श डिपार्टमेन्टले ह्वावे टेक्नोलोजीलाई अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न दिएको समयवधिलाई थप गरेको छ । कम्पनीले अब अमेरिकी टेक आपूर्तिकर्ता फर्महरुबाट वस्तु तथा सेवा खरिदको लागि थप ९० दिनको समयावधि पाएको छ ।

अमेरिकी सरकारले लगाएको प्रतिबन्धको लागि दिएको यसअघिको ९० दिने समयलाई पुन ९० दिन थप गरेको हो ।

अमेरिकाकाले ह्वावेलाई आफ्ना ग्राहकहरुलाई कम असर पार्ने उद्धेश्यका साथ सो अस्थाई जनरल लाइसेन्सको अवधि थप गरिएको रिपोर्टमा उल्लेख छ । अमेरिकाको कयौं ग्रामीण नेटवर्कहरुमा ह्वावेका उपकरणहरु प्रयोग भईरहेको विषयलाई मध्य नजर गरेर यो निर्णय लिईएको बताईएको छ ।

अमेरिकी कमर्श सेक्रेटरी विल्बर रोजले चिनियाँ टेक्नोलोजी जायन्ट ह्वावेलाई थप ९० दिनको सुविधा दिएको सुनिश्चित गरे । ‘ह्वावेका उत्पादनहरुबाट पर जानका लागि उपभोक्ताहरुलाई निरन्तर भनिरहेका छौं, हामीले कुनै पनि क्षतिबाट बचाउन थप समय आवश्यक भएको बुझ्यौं,’ रोजले भने ।

कमर्श डिपार्टमेन्टले अमेरिकाभरका उपभोक्ताहरुलाई ह्वावेका उपकरणहरुबाट छुटकारा दिलाउन आवश्यक समय थप गरिएको उल्लेख गरेको छ ।

सो समय थप अविधिले गूगललाई ह्वावेसँग काम गर्न अझ सहज हुने अनुमान गरिएको छ ।

ह्वावेका ४६ यूनिटहरु अमेरिकाको प्रतिबन्धित सूचीमा रहेका छन् । सो प्रतिबन्धित सूचीमा अर्जेन्टिना, अस्ट्रेलिया, बेलारुस, चीन, कोस्टा रिका, फ्रान्स, भारत, इटाली, मेक्सिको र अन्य विभिन्न मुलुकहरुमा ह्वावेसँग सम्बन्धित रहेका छन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ भाद्र २०७६, सोमबार

ताजा समाचार