शुरुभयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम, कम्पनीले सरोकारबालाहरुसँग छलफल गर्दै

Technology Khabar २ भाद्र २०७६, सोमबार

शुरुभयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम, कम्पनीले सरोकारबालाहरुसँग छलफल गर्दै
Classic Tech

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको जिम्मा पाएको कम्पनीले सो सिस्टमको बारेमा जानकारी दिने गरि ५ दिने छलफल कार्यक्रम शुरु गरेको छ ।

एमडिएमएसको जिम्मेबारी पाएको मलेशियाको कम्पनी नूमेरा(एम) एसडिएन, बर्हाद मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि ईण्डिया र नमस्ते ग्लोबल कप्यूनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरको कम्पनीले आईतवारदेखि सरोकारबालाहरुसँग छलफलको कार्यक्रम गरिरहेको छ ।

सो कम्पनीले एमडिएमएसको काम, त्यसले गर्ने कार्यतरिका, सरोकारबालाहरुको जिम्मेबारी, कम्पनीको जिम्मेबारी र भूमिका, यसले पार्ने प्रभाव बारेमा सबै सरोकारबालाहरुलाई क्रमशः जानकारीसहित बुझाउने काम गरिरहेको छ । त्यसैगरि सो सिस्टमको बारेमा स्थानिय सरोकारबालाहरुको विचार र आवश्यकताको बारेमा छलफल गरिएको छ ।

दूरसंचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले एमडिएमएसको काम पाएको कम्पनीले हाल सो सिस्टमको बारेमा कम्पनीले सम्पूर्ण जानकारी दिईरहेको र सरोकारबालाहरुको आवश्यकता र त्यसबारेका धारणा समेत लिईरहेको बताए ।

‘कम्पनीले एमडिएमएस सिस्टम ल्याउनुभन्दा पहिले नै त्यसको महत्व, आवश्यकता, गर्ने कार्यहरु, सम्बन्धित निकायहरुको काम र जिम्मेबारीलगायतका बारेमा छलफल गरिरहेको छ, त्यसैले क्रमशः सबैलाई जानकारीमूलक छलफलमा सहभागी गराएको हो,’ प्रवक्ता अर्यालले भने ।

उनकाअनुसार पहिलो २ दिन दूरसंचार प्राधिकरणका कर्मचारीहरुलाई सो सिस्टमको बारेमा जानकारी दिईएको थियो भने अब मोबाइल अपरेटरहरु, भन्सारका कर्मचारीहरु, मोबाइल आयातकर्ताहरु, प्रहरी र प्रशासनलगायतलाई सहभागी गराईनेछ ।

प्रवक्ता अर्यालले एमडिएमएसको काम शुरु भईसकेको हुँदा त्यसको संदेश दिन पनि सो छलफल कार्यक्रम राखिएको बताए । उनकाअनुसार कम्पनीले सम्झौता गरिसकेको हुँदा काम अगाडि बढाईरहेको छ ।

कम्पनीले ७० लाख ६६ हजार ८८८ अमेरिकी डलरमा टेण्डरमार्फत एमडिएमएसको सम्पूर्ण जिम्मेबारीसहितको काम हासिल गरेको थियो ।

टेण्डरअनुसार कम्पनीले एमडिएमएसको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण, संचालन लगायतका सम्पूर्ण कामहरु गर्नुपर्ने हुन्छ ।
सो कम्पनीले नेपालभर संचालनमा रहेका मोबाइल फोनहरुको आईएमईआई दर्ता, मोबाइर अपरेटरहरुको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइसहरुको दर्ता लगायतका कार्य गर्नुपर्ने हुन्छ ।

TK Viber

प्रकाशित: २ भाद्र २०७६, सोमबार

Loading...