आइसिटी अवार्ड २०१९ मा विभिन्न १० विधामा वितरण, यी हुन बिजेताहरु

Technology Khabar २ भाद्र २०७६, सोमबार

आइसिटी अवार्ड २०१९ मा विभिन्न १० विधामा वितरण, यी हुन बिजेताहरु

काठमाडौं ।

काठमाडौं । चौथो संस्करणको आइसिटी अवार्ड २०१९ मा विभिन्न १० विधामा वितरण गरिएको छ । शनिबार मिडिया लिभिङ विथ आइसिटीको आयोजनामा अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिएको हो ।

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र अन्य विशिष्ट अतिथिले सम्मान गरेका थिए ।

१० विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड ई–डिजिटल नेपाल प्रालिले प्राप्त गर्न सफल भयो भने प्रडक्ट आइसिटी अवार्ड मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले हात पार्यो ।

त्यस्तै राइजिङ स्टुडेन्ट प्रोजेक्ट अवार्ड पुल्चोक क्याम्पसका विद्यार्थीहरुले विकास गरेको प्लाटफर्म ‘रक्तदान’ले जित्न सफल भयो । यस वर्षको आइसिटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विकास अभियान्ता महावीर पुनलाई वितरण गरियो ।

त्यस्तै आइसिटी आन्टरप्रेनियर अवार्डबाट जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाललाई वितरण गरियो । विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई दिइने नेपाली डायस्पोरा आइसिटी अवार्ड प्रसिद्ध एआई कम्पनी फ्युज मेशिनका संस्थापक डा। समीर मास्केले प्राप्त गरे ।

आइसिटी अवार्ड अन्तर्गत सार्वजनिक सेवाप्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी कार्यालय/संस्थालाई दिइने डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोगले प्राप्त गरेको छ ।

सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएको मूल्याकंन गर्दे नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेशन आइसिटी अवार्ड वितरण गरियो । त्यस्तै कान्तिपुर दैनिकका पत्रकार विजय तिमिल्सनालाई मिडिया पर्सन आइसिटी अवार्ड वितरण गरियो ।

१९ वटा प्रडक्ट तथा स्टार्टअपमध्ये किताबयात्रा प्रालिले पब्लिक च्वाइस अवार्ड २०१९ प्राप्त गरेको छ । कार्यक्रममा स्व. कर्मठ डंगोललाई आइसिटी मरणोपरान्त सम्मान दिइएको थियो यस वर्षको स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विनाधितो ऋण दिने घोषणा गरेको छ ।

यसैगरी आइसिटी अवार्डको इन्स्योरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्स्योरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्स्योरेन्स गरिदिने भएको छ । यसबाहेक अवार्डका विजेताहरुले विभिन्न छुट, सुविधा, लगानीको अवसर आदि प्राप्त गरेका छन् ।

कसलाई कुन अवार्ड
– स्टार्टअप आइसिटी अवार्ड – ई–डिजिटल नेपाल प्रालि
-प्रडक्ट आइसिटी अवार्ड – मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस
– पायोनियर आइसिटी अवार्ड – डा. महावीर पुन
-नेपाली डायस्पोरा आइसिटी अवार्ड – डा. समीर मास्के
– आन्टरप्रेनियर आइसिटी अवार्ड – अमित अग्रवाल
– डिजिटल गभर्नेन्स आइसिटी अवार्ड – लोकसेवा आयोग
– डिजिटल एजुकेशन आइसिटी अवार्ड – नेपाल खुला विश्वविद्यालय
-राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – रक्तदान
– पब्लिक च्वाइस आइसिटी अवार्ड – किताबयात्रा प्रालि
– मिडिया पर्सन आइसिटी अवार्ड – विजय तिमिल्सना

Global Bank
easy care

प्रकाशित: २ भाद्र २०७६, सोमबार

ताजा समाचार