भारतीय इलेक्ट्रिक मोटरसाइकल निर्माता एमफ्लक्सले दोस्रो मोडल बनाउने, यस्तो छ पहिलोको विशेषता

Technology Khabar ३२ श्रावण २०७६, शनिबार

भारतीय इलेक्ट्रिक मोटरसाइकल निर्माता एमफ्लक्सले दोस्रो मोडल बनाउने, यस्तो छ पहिलोको विशेषता
Global IME Bank

काठमाडौं ।

काठमाडौं । भारतीय इलेक्ट्रिक मोटरसाइकल निर्माता एमफ्लक्सले आफ्नो दोस्रो इलेक्ट्रिक मोटरसाइकलको तयारी शुरु गरेको छ ।

पहिलो भारतीय इलेक्ट्रिक सूपरबाइकको रुपमा लन्च भएको एमफ्लक्स वान इलेक्ट्रिक मोटरसाइकलको दोस्रो मोडलको घोषणा कम्पनीले गरेको छ । जून अहिलेको सूपरबाइक कन्सेप्ट भन्दा फरक रेगुलर डिजाइनमा आउनेछ ।

यसअघि कम्पनीले गएको वर्ष पहिलो पटक एमफ्लक्स वान इलेक्ट्रिक मोटरसाइकल लन्च गरेको थियो जून अझै भर्खर बजारमा जाने तयारीमा छ ।

बैंगलोरमा आधारित इलेक्ट्रिक बाइक निर्माता कम्पनी एमफ्लक्सकाअनुसार यसमा लिक्विड कूल्ड ५० किलोवाट अर्थात ७१ एचपीको मोटर राखिएको छ जसले ८४ एनएम टर्क उत्पन्न गर्दछ ।

कम्पनीकाअनुसार यसअघि नै १०० किलोमिटर ३ सेकेण्ड भित्रै सो इलेक्ट्रिक मोटरसाइकलले हासिल गर्न सफल भएको थियो भने अधिक स्पीड २०० किलोमिटर प्रतिघण्टा हासिल गरेको थियो । कम्पनीकाअनुसार सो बाइकले अझै आफ्नो क्षमता देखाएको छैन् ।

एमफ्लक्स वान इलेक्ट्रिक मोटरसाइकलको तौल १६९ केजी रहेको छ भने यो बाइकमा राखिएको सामसंग ब्याट्रीको सिंगल चार्जमा २०० किलोमिटर कुद्न सक्दछ । सो ब्याट्री केबल ३६ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन सक्दछ ।

यो मोटरसाइकल बजारमा आईसकेको छैन तर यसको मूल्य ९ हजार डलर भन्दा कम नै हुने अनुमान गरिएको छ ।

एमफ्लक्स वान इलेक्ट्रिक मोटरसाइकल (Emflux One Electric Motorcycle) बजारमा बिक्रीका लागि उपलब्ध नभईसक्दा नै कम्पनीले अर्को इलेक्ट्रिक मोटरसाइकल बनाउने घोषणा गरेको छ । कम्पनीले दोस्रो इलेक्ट्रिक मोटरसाइकल अहिलेको भन्दा फरक किसिमको हुनेछ ।

एमफ्लक्स टू इलेक्ट्रिक मोटरसाइकल नाम दिईएको सो मोटरसाइकल सन् २०२१ सम्ममा आउने अनुमान गरिएको छ । कम्पनीले यसबारेमा धेरै जानकारी नदिएपनि यो अफोर्डेबल इलेक्ट्रिक मोटरसाइकलको रुपमा आउने छ ।

दोस्रो इलेक्ट्रिक मोटरसाइकल अझ सस्तो मूल्यमा र रेगुलर डिजाइनमा आउने कम्पनीले उल्लेख गरेको छ । यसको अर्थ कम्पनीले यसको क्षमता, डिजाइन र केहि उच्च मूल्यका कम्पोनेन्टहरुमा कटौतिि गर्ने अनुमान गरिएको छ ।

एमफ्लक्सकाअनुसार सो दोस्रो मोडल अधिक संख्यामा उत्पादन हुनेछ भने यसको मूल्य कम राखेर ठूलो बजारमा केन्द्रित हुनेछ ।

एमफ्लक्सलले हालै आफ्नो आर एण्ड डि फ्यासिलिटीलाई बिस्तार गरेको छ, जसमा आफ्नै डायनामोमिटर, मोटर रेस्टिंग रिंग, ब्याट्री प्याक टेस्टिंग सेटअप,लगायत सुविधा थप गरेको छ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३२ श्रावण २०७६, शनिबार