जीएमको नयाँ इलेक्ट्रिक कार ‘सेभ्रोले मेल्नो ईभी’ सार्वजनिक, बोल्ट ईभी यूटिलिटी भेहिकल

Technology Khabar ३२ श्रावण २०७६, शनिबार

जीएमको नयाँ इलेक्ट्रिक कार ‘सेभ्रोले मेल्नो ईभी’ सार्वजनिक, बोल्ट ईभी यूटिलिटी भेहिकल

काठमाडौं ।

काठमाडौं । अमेरिकी कार कम्पनी जीएमले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल सेभ्रोले मेल्नो ईभीको आधिकारीक तस्विर सार्वजनिक गरेको छ ।

जीएमको सो इलेक्ट्रिक कार बोल्ट ईभीको यूटिलिटी भर्सन भएको अनुमान गरिएको छ ।

सन् २०१७ मा जीएमले अल इलेक्ट्रिक पाथ टू जिरो एमिसन रणनीति सार्वजनिक गरेको थियो र सन् २०२३ सम्ममा २० वटा अल इलेक्ट्रिक भेहिकल्स लन्च गर्ने घोषणा गरेको थियो ।

यसबाहेक अटोमेकर कम्पनीले बोल्ट ईभीमा आधारित २ वटा नयाँ इलेक्ट्रिक कारहरु आगामी १८ महिनाभित्र लन्च गर्ने उल्लेख गरेको थियो । तर कम्पनीले भनेको १८ महिना बढिको समयपछि मात्र हालै सो नयाँ इलेक्ट्रिक कारको तस्विर आएको छ ।

जीएमले यहि वर्ष शुरुवातमा नै बोल्ट ईयूभी ट्रेडमार्क दर्ता गरेको थियो । अब भने कम्पनीले बोल्ट ईभीमा आधारित हुँदै सेभ्रोले मेल्नो ईभी लन्च गरेको हो जून संभवत चिनियाँ भर्सनको बोल्ट ईयूभी भएको अनुमान गरिएको छ ।

नयाँ इलेक्ट्रिक कारहरुको तस्विर चीनमा जीएम र एसएआईसीद्धारा संयुक्तरुपमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो । यी दुबै कम्पनी मिलेर चीनमा सो गाडि उत्पादन गर्दैछन् ।

जीएमको सो कार १७४ हर्सपावरको इलेक्ट्रिक मोटरसहित आउँछ भने यसले १५० किलोमिटर प्रति घण्टाको स्पीड दिन्छ ।
यो इलेक्ट्रिक कार यहि पछि लन्च हुने अपेक्षा गरिएको छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: ३२ श्रावण २०७६, शनिबार

ताजा समाचार