ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गर्दै, गूगलको म्यापिंग सर्भिसलाई चुनौती हुनसक्ने

Technology Khabar ३२ श्रावण २०७६, शनिबार

ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गर्दै, गूगलको म्यापिंग सर्भिसलाई चुनौती हुनसक्ने

काठमाडौं ।

काठमाडौं ।ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गरिरहेको छ । कम्पनीले सफ्टवेयर डेभलपर्सकालागि भनेर नेभिगेसन वा राइड हेलिंग सर्भिसहरुले प्रयोग गर्न सक्नेगरि सो म्यापिंग सर्भिस विकास गरिरहेको हो ।

चाइना डेलीकाअनुसार ह्वावेका अधिकारीकाले सो म्यापिंग सर्भिस जसलाई म्याप किट पनि भनिन्छ, डेभलपर्सलाई स्ट्रीट नेभिगेसन सिस्टममा उनीहरुलाई प्रयोग गर्न वा उनीहरुले बनाएको एप्समा यूजर्सको रियल टाइम ट्राफिकको अवस्था देखाउनका लागि उपलब्ध गराईने छ ।

सो म्याप किटले अग्मेन्टेड रियालिटी म्यापिंग पनि सपोर्ट गर्ने ती अधिकारीले बताएका छन् । जून संभवत गूगलले हालै लन्च गरेको एआर वाकिंग डिरेक्सन्स जस्तै हुनसक्नेछ ।

सो म्याप कीटलाई लोकल म्यापिंग सर्भिसेजसँग जोडिनेछ र यसको लागि रसियन इन्टरनेट कम्पनी याण्डेक्ससँग सहकार्य गरिरहेको छ ।
हाल प्रयोगमा गूगल म्याप निकै लोगप्रिय रहेको छ गूगले सन् २००५ देखि हालसम्म लाखौं डलर खर्च गरेको छ । त्यस्तै एप्पलले पनि सन् २०१२ देखि आफ्नै म्याप सर्भिस ल्याएपछि त्यो धेरै सफल हुन सकेको छैन् ।

हाल ह्वावेले बनाउन थालेको म्यापिंस सर्भिस अमेरिकी प्रतिबन्धपछि आएको अनुमान गरिएको छ । अमेरिकाले ह्वावेसँग अमेरिकी कम्पनीहरुको कारोबार रोक्ने किसिमको प्रतिबन्ध लगाएपछि ह्वावेले आफ्नो हार्डवेयर तथा सफ्टवेयर विकास गर्ने प्रयास गरिरहेको छ ।

ह्वावेको सो म्याप कीट अक्टोबरमा आउनेछ र यो १५० देशहरुमा ४० भाषाहरुमा उपलब्ध हुने बताईएको छ ।

easy care

प्रकाशित: ३२ श्रावण २०७६, शनिबार